शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुदुर पश्चिम प्रदेशको विभिन्न ठाउँहरुमा एमएनओको कार्यक्रम भव्य रुपमा सम्पन्न

Mongol Vision News | 13 जूलाई 2019

सुदुर पश्चिम प्रदेशको विभिन्न ठाउँहरुमा एमएनओको कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं / पूर्वको झापा, इलामबाट सुरु भएको मंगोलबाद दर्शन ऐले देशव्यापी हँुदै प्रवास भूमीहरुमा समेत फैलने क्रममा रहेको छ । यहाँका ८०% अहिन्दु मूलबासी मंगोलहरु मंगोलबादमा एकाबद्ध बन्दै एमएनओमा आबद्ध बनी मंगोल मुक्तिको यात्रामा सँगसँगै हिँड्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । पुर्वमा रोपिएको मंगोलबाद दर्शन पश्चिम नेपालका मूलबासीहरुले पनि आत्मसाथ गर्दै त्यहाँ मंगोलबाद दर्शन फैलाइरहेका छन् । यसै बिच मंगोल नेशनल अर्गनाइजेशन सुदुर पश्चिम प्रदेश सभाले प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा कार्यक्रमहरु गर्दै मंगोल जागरण अभियान भव्यताको साथ सम्पन्न गरेको छ । प्रदेश सभाको सक्रियतामा गएको जेठ २० गतेबाट सुरु गरिएको मंगोल जागरण अभियान कैलाली र डोटी जिल्लाको विभिन्न ठाउँहरुमा ५ दिनसम्म सञ्चालन भएको प्रदेश सभाका अध्यक्ष जय बहादुर बुढा मगरले जानकारी गराउनु भयो । संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन सभाका सदस्य लाल बहादुर दर्लामीको प्रमुख आतिथ्यता एवम् प्रदेश नम्बर ५ सभाका अध्यक्ष दिपक थापा मगर र प्रवास सभा युएई का सल्लाहकार बिरु घमा मगरको विशिष्ट आतिथ्यतामा अभियान सम्पन्न भएको थियो । अभियानको पहिलो दिन कैलाली जिल्लाको अतरिया स्थित नमस्ते होटलको सभाहलमा एकदिने बृहत् मंगोलबाद सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्दै मंगोल जागरण अभियान शुरु गरिएको थियो । पहिलो दिनको कार्यक्रममा केन्द्रीय सदस्य लाल बहादुर दर्लामी र प्रदेश नम्बर ५ का अध्यक्ष दिपक थापाले संयुक्त रुपमा उपस्थित जनसमुदायहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यस क्रममा वहाँहरुले मंगोलबाद र डा.गोपाल गुरुङले उठाउनु भएको मुद्दाको विषयमा प्रस्टाउनु भएको थियो । कार्यक्रममा प्रवास सभा युएई का सल्लाहकार बिरु घमा मगरले पनि संगठनको बारेमा बोल्नुभयो । कैलाली जिल्ला सभाका अध्यक्ष राम बहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभाका सल्लाहकार छविलाल हौजाली मगर, कोषाध्यक्ष तिल्केश्वरी घर्ति मगर, सचीव पदम बहादुर बुढा मगर, प्रचारप्रसार सचीव कमल घर्ति मगर लगायत अतरिया क्षेत्रका मूलबासी जनताहरुको बाक्लो उपस्थिती रहेको थियो । त्यस्तै प्रदेश सभाकै सक्रियतामा कैलालीको महोन्यल गाउँपालीका वाड नम्बर १ चामाभावर र वाड नम्बर ३ फलेविशौनामा समेत मंगोल जागरण अभियान सम्पन्न भएको थियो । दुवै स्थानमा केन्द्रीय सदस्य लाल बहादुर दर्लामी र प्रदेश नम्बर ५ सभाका अध्यक्ष दिपक थापाले संयुक्त रुपमा यपस्थित जनसमुदायहरुलाई एमएनओको बारेमा अवगत गराउनु भएको थियो ।

सुदुर पश्चिम प्रदेशको विभिन्न ठाउँहरुमा एमएनओको कार्यक्रम भव्य रुपमा सम्पन्न

त्यसैगरी जेठ २४ गते सोही गाउँपालीकाको वाड नम्बर ५ कटौजेमा एकदिने बृहत् प्रशिक्षण कार्यक्रम सँगै तदर्थ वाड सभा गठन भएको थियो । कैलाली जिल्ल्ला सभाको आयोजनामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमलाई अभियानका प्रमुख अतिथी र विशिष्ट अतिथीहरुले प्रशिक्षण प्रदान गर्नुभयो । प्रशिक्षण कार्यक्रम सम्पन्न लगत्तै स्थानिय गोविन्द घर्ति मगरको अध्यक्षतामा २१ सदस्यीय तदर्थ वाड नम्बर ५ वडा सभा समेत निर्माण गरिएको थियो । तदर्थ वडा सभाका पदाधिकारीहरुलाई केन्द्रीय सदस्य लाल बहादुर दर्लामीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । सुदुर पश्चिम प्रदेश सभाकै सक्रियतामा डोटी जिल्लामा पनि मंगोल जागरण अभियान सम्पन्न भएको छ । जेठ २५ गते डोटीको बडिकेदार गाउँपालीका वाड नम्बर ५ केदारमाडौंमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई केन्द्रीय सदस्य दर्लामी, प्रदेश नम्बर ५ का अध्यक्ष थापाले संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रम पश्चात् प्रिन्स घर्ति मगरको अध्यक्षतामा ३१ सदस्यीय तदर्थ वडा सभा समेत गठन गरिएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्