बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुदुर पश्चिम प्रदेशमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

Mongol Vision | 4 नोभेम्बर 2020

सुदुर पश्चिम प्रदेशमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

कैलाली / मंगोल नेसनल अर्गनाइजेसन कैलाली जिल्ला सभाको सक्रियतामा कैलालीमा मंगोल राष्ट्रवाद सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कैलाली जिल्लाको मोहन्याल गाउँ पालिका वाड नं. १ स्थित चायाभाबरमा गत सोमबार सुदुर पश्चिम प्रदेश सभाका सचिब पदम मंगोलको प्रमुख आतिथ्यतामा उप्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मंगोल र प्रदेश सभाकै प्रचार प्रसार सचिब कमल घर्ति मगरले संयुक्त रुपमा सहभागीहरुलाई एमएनओको सिद्धान्त र एम एनओको राजनीति बारेमा प्रष्ट पार्नु भयो । 

सुदुर पश्चिम प्रदेशमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण

त्यसै गरि उहाँहरुले अबको बिकल्प भनेकै एमएनओ मात्र भएकाले सबै मूलबासी समुदायहरुलाई यसमा आवद्ध हुन अनुरोध गर्नु भयो । कार्यक्रममा स्थानीय मुलबासी लोक समुदायहरुको उल्लेखनीय सहभागी रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई संगठनको साधारण सदस्यता समेत बितरण गरिएको थियो । त्यस्तै मंगलबार जिल्ला सभाकै पहलमा कैलालीकै घोडाघडी नगर पालिका १ सुख्खड बजारमा समेत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई प्रदेश सभा सचिब मंगोल र प्रचार सचिब घर्तिमगरले नै संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्