शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सुदुर पश्चिमलाई मंगोलमय बनाउने छौं– अध्यक्ष बुढा

Mongol Vision News | 13 जूलाई 2019

सुदुर पश्चिमलाई मंगोलमय बनाउने छौं– अध्यक्ष बुढा

कैलाली / मंगोल नेशनल अर्गनाइजेशन सुदुर पश्चिम प्रदेश सभाका अध्यक्ष जय बहादुर बुढा मगरले सुदुर पश्चिम प्रदेशलार्ई छिट्टैनै मंगोलमय बनाउने उद्घोष गर्नुभएको छ । सनिबार मंगोल भिजन राष्ट्रिय साप्ताहिक सँग संक्षिप्त कुराकानी गर्ने क्रममा प्रदेश सभा अध्यक्ष बुढा मगरले यस्तो उद्घोष गर्नुभएको हो । “हामी सुदुर पश्चिमलाई चाँडै नै मंगोलमय प्रदेश बनाउने छौं, त्यसका लागी विभिन्न ठाउँहरुमा मंगोल जागरण अभियानको सुरुवात गरिसकेका छौं ।” ९ वटा जिल्लाहरु रहेको सुदुर पश्चिम प्रदेशमा एमएनओले आफ्नो गतिविधी तिव्र रुपमा अगाडी बढाइरहेको भन्दै वहाँले भन्नुभयो– यस क्षेत्रमा मंगोलबाद दर्शन ढिलै आएपनि मूलबासी मंगोलहरुले यस बारेमा बुझ्ने कोशिस गरेकाले हामीलाई अभियान फैलाउन सजिलो भइरहेको छ साथै मंगोलको सक्रियता देखेर विपक्षीहरु अत्तालिन थालेको आभास हुन थालेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्