Mongol Vision News | 20 सेप्टेम्बर 2019
संविधान सभा
संवैधानिक समिति
संविधान सभा सचिवालय, सिंहदरबार काठमाडौं
फेब्रुअरी 12-2009 फाल्गुन 1-2065
विषय : अब बनाइने संविधान सम्पुर्ण नेपालिको हितार्थ हुनुपर्छ, ढुंगालाई दूध मान्छेलाईउत खुवाउने संस्कारमा रोमलिएको हुनु हुदैन।
उक्त सचिवालयबाट दिनांक 2065/9/21 मा प्रेसित पत्र सं. 2065/066 चं नं 83 अनुसार म मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) को तर्फबाट ओकलनै पर्ने निम्न हरफहरुबाट ओकलन चाहान्छु । आगामी भविष्यमा निर्माण गरिने संवैधानिक दफाहरुको केन्द्र विन्दुमा केन्द्रीत हुनु अघि निम्न हरफहरुप्रती पनि आकर्षण गर्न चाहान्छु । अब निर्माण गरिने संविधानलाई पनि फगाष्टहरुको गफ, ढुंगालाई दूध मान्छेलाई मुत खुवाउने संस्कारको बनाइएको खण्डमा र हेपाहा निती अपनाउने दुष्टतापुर्ण हेपाहा निति अपनाएर सम्पुर्ण नेपालिको हितार्थ नबनाइएको खण्डमा यो पनि 2047(1990) को संविधान जस्तै अल्पायुको त हुन्छ नै किन्तु मुलुकमा ज्वालामुखी विष्फोटन भै त्यसको लाभा जताततै पहाड र तराई मधेसको चेपचापबाट पनि बग्नसक्ने हुनेछ र निर्ममता बोकेको भुकम्प ल्याउने प्रकारको पनि हुनेछ । आजसम्मकै निर्माणित तथाकथित संविधानको अन्तरिम संविधानको छैटौं संसोधित संस्करणसम्मलाई गहिरिएर हेर्ने हो भने 20 प्रतिशत हिन्दु काला आर्यन बाहुन क्षेत्रीहरुले 2047(1990) को तथाकथित संविधानमा नेपालका अहिन्दु मूलवासी मंगोललाई मंगोलनै भन्म दिएको थिएन जब कि बाहुन-क्षेत्री जो हिजो शरणार्थीको रुपमा यश मुलुकमा भित्रिएका थिए । ती हिन्दु आर्यहरुलाई संविधानको धारा 27 को उपधारा (1) ले हिन्दु आर्यन भन्ने अधिकार सुरक्षीत राखेको थियो । तथाकथित उक्त संविधानलाई गफाष्टहरुले 'एसियाकै उत्कृष्ट संविधान ' भनेर दंग पर्थे- भाषण छुट्थे । त्यस तथाकथित संविधानले प्रमुख र प्रवल सामन्तलाई पुजा गर्दै त्यसैको आडमा तिनीहरु ठडिएका थिए । त्यो तथाकथित संविधान सम्पुर्ण रुपले ढुंगालाई दूध मान्छेलाई मुत खुवाउने संस्कारमा जन्मेका-पालिएका-हुर्केकाहरुको जड गिदिको जड उत्पादन थियो र संस्कारगत हिन्दु संस्कारलाई दिगो सुरक्षा सहित मलजल हाल्दै हुर्काउने ढांचाको थियो । नेपालमा हिन्दु भनेको 20 प्रतिशत बाहुन क्षेत्री हिन्दु काला आर्यन मात्र छन् जसको जनसंख्यामा 16 प्रतिशत क्षेत्री र 4 प्रतिशत बाहुन छन् । यी हिन्दु आर्यनहरु हाम्रो मुलुक अर्थात् अहिन्दु मूलवासी मंगोलको मुलुकमा सन् 1495 ताकादेखी भारतको विभिन्न भेगबाट शरणार्थीको रुपमा भित्रेका हुन् । अल्पायु बोकेर लिखुरेरुपमा ठड्याइएको तथाकथित 2047(1990) को संवैधानिक धाराहरु 112, 113(3) समस्त 80 प्रतिशत अहिन्दु मूलवासी मंगोललाई-अहिन्दु बुद्धिष्ट- अहिन्दु मुस्लिम अहिन्दु क्रिश्चियन-सिक र जैनलाई हिन्दूकरण गरि जातजाति भनिएको थियो र धर्म साम्प्रदायिक्ता-विखण्डनवादिको डर देखाएर गर्दनमा तरवार र पुर्व दरवार टाउकोमा बजारीने गरि मुंग्रो तयार राखिएको थियो । "पद पैसा ऐन कानुन हातमा लिएपछि अहिन्दु मूलवासी मंगोल-अहिन्दु बुद्धिष्ट-अहिन्दु-मुस्लिम-क्रिश्चियन-सिक र जैनलाइ जे गर्दा पनि हुन्छ जसरी कज्याउदानी हुन्छ" भनेर व्यबहार गरिन्थ्यो । हाम्रो निम्ति अर्थात् अहिन्दु मूलवासि मंगोलको निम्ति ऐन कानुन न्याय भनेको हात्तीको दारामात्र थियो र भई रहेको छ, चपाउने दाँत अर्कै नदेखिनेछ । आज पनि जुनसुकै पार्टीका जुनसुकै प्रकारका डिंग हाक्ने नेताहरु र जतिसुकै ठुल-ठुला क्रान्तिको हावादारी गफ हाक्नेहरु पनि तिनिहरुको जन्मसिद्ध संस्कारको घेराभित्रबाट बाहुरिम सकेका छैनन् । वर्तमान अन्तरिम संविधानमा पनि घुमाइ फिराइ हिन्दु संस्कारलाइ कडा पहरा दिएर संरक्षित गरिएको छ र यहाँका ८० प्रतिशत अहिन्दु मूलवासी मंगोललाइ पैताला बनाइ पिस्ने र देशनै नहुने बन्जरा-फिरिङ्गे-जनजाती (Gypsy) बनाउने प्रवल चेष्टा र अत्यन्त विखालु षड्यन्त्र रहस्यमय ढंगले सुरक्षित राख्दै आदिवासी ( बाहिरबाट भित्रेको ) बनाइएको छ । एकातिर प्रजातन्त्र ( रैती कमारा ) शब्द भाषणै पिच्छे रगट्नु अर्कोतिर वर्तमान शक्ति सम्पन्न तिनवटै (क) माओवादी (ख) तथाकथित एमाले र (ग) फोरमले जनजाती (Gypsy) देशनै नहुने जमात र बाहिरबाट भित्रेका (आदिवासी ) बनाउन चाहानु र भनाउन चाहानु आदिवासी जनजाती भन्नेहरुलाई ठूलो हण्डि दिएर लोभ्याउन चाहानु फटाक फुटुक लोभ देखाएर पद र पैसा प्रदान गर्नुले के संकेत गर्छ ? Ingigenous भनेको मूलवासी हो यो शब्दको दुरुपयोग गर्नु र बुझपचाउनु भनेको फेरि अर्को चर्को प्रतिक्रान्ती निम्त्याउनु हो । त्यस्तै एकातिर 'धर्मनिरपेक्ष' भनिएको छ अर्कोतिर हिन्दुहरुकी आमा लक्ष्मी भनिने गाईलाई राष्ट्रीय पशु भनेर गाईलाई नै यथावत राखिएको छ । यसरी मूलवासी (Indigenous) लाई हिजो भित्रेको देशनै नहुने जाती जनजाती (Gypsy) बनाउने भनाउनेमा वाड तहदेखि केन्द्रीय तहका यथास्थितिवादी भनिनेदेखी लिएर ठुल-ठुला क्रान्तिको चट्के भाषण गर्ने जम्मै हिन्दु हिन्दु काला आर्यन बाहुन क्षेत्रीहरु एकढिका भएर जुटेका छन्; उठेका छन् । सहि अर्थमा आदिवासी जनजाती (हिजो भित्रेका देशनै नहुने ) जमात भनेको मुगोल (बाबू मंगोल आमा पर्सियन-इस्लाम ) हरुको खेदाईमा परेर यश मुलुकमा शरणार्थीको रुपमा बाँस र गाँस खोज्दै आएका हिन्दु काला आर्यन बाहुन क्षेत्रीहरु हुन् । जसको देश न नेपाल हो न त भारत र इरान नै, यिनिहरु ककसियाबाट हाईटिहरुद्वारा लखेटिएर ईरान पसे त्यसपछि भारत र नेपाल । हाम्रो मुलुकमा गाँस र बास पाएर हामिलाईनै उठिबास लगाउदै आएका छन् यिनिहरुले । यश अघिको तथाकथित 2047(1990) को संविधानमा जात जाति भनिनुको अर्थ पनि सम्पुर्णरुओअले हिन्दूकरण गरिनु थियो; जसलाई गफाष्टहरुले एसियाकै उत्कृष्ट संविधान भनेर गफ हाँक्थे जसको अल्पायु हुन पुग्यो । त्यस तथाकथित संविधानलाई मैले 23 कार्तिक 2047 ( 9 नोभेम्बर 1990) को दिन इलामको विशाल आमसभामा भनेको थिए, "यो संविधान-संविधान नभएर दरबारिया बाहुन क्षेत्री, कंग्रेस बाहुन क्षेत्री र तथाकथित कम्युनिष्ट बाहुन क्षेत्रीको त्रीपक्षिय सम्झौता पत्र हो- कागजको खोष्टा हो" भनेर उक्त तथाकथित संविधानलाई मंगोल नेशनल अर्गनाइजेसन कार्यकर्ताहरुले चरिकोट र रुपन्देहीमा 23 कार्तिक 2058( 8 नोभेम्बर 2001) को दिन आगो लगाइ दिने काम गरेका थिए । उक्त घटनाहरुलाई गम्भीरता पुर्वक संगालेर अबउसो हेलचक्र्याई नगर्ने प्रकारको हुनुपर्छ । 16औं शताब्दी तिर इष्ट इण्डिया कम्पनी भारतमा व्यापारीक रुपमा भित्रीए पछिको इतिहास बोकेका अंग्रेजहरुलाई एमके गान्धिले 'भारत छोडो' भन्ने नारा दिएर किन लडाइ छेड्नु पर्यो र 'बृटिश साम्राज्यमा घाम कहिल्यै अस्ताउदैन' भनेर चुरिफुरी गर्ने अंग्रेजहरुले 400 वर्ष पछि भारतबाट किन सुईकुच्चा ठोक्नु पर्यो ? तीस लाख वर्ग माइल ओगटेर बस्ने अंग्रेजहरुको हालत कसरी विस्तार विस्तार बेहालत हुनु पुग्यो ? म्यानमार्बाट (बर्मा) भारतीय र नेपालीलाई किन खेदे त्यहाँका मूलवासी बिउँझे पछि ? फिजिमा के भयो ? रोडेसियाका प्रधानमन्त्री इयन स्मिथको के गती भयो ? मूलवासी कालाहरु बिउझिएर उठे-जुटे पछि के भयो जिम्वाबेमा ? गोरा आर्यन राष्ट्रपति डिक्लर्कको चुरिफुरी परस्पर जुझाउने-लडाउने-भिडाउने षड्यन्त्र कसरी तहसनहस भयो ? दक्षिण अफ्रीकामा र नेल्सन मण्डेलालाई कसरी बाध्यात्मक सत्ता सुम्पिनु पर्यो अल्पसंख्यक गोरा आर्यनहरुले ? बोलिभियामा के भयो ? भर्खरै मात्र संसारकै शक्ति सम्पन्न एकमात्र धनी र शक्तिशाली राष्ट्र अमेरिकाकै रिपब्लिकन पार्टीका अध्यक्षमा कसरी काला मूलवासी चुनिए ? यी तथ्य र सत्य बुझ्नुपर्छ ; भनेर बुझपचाउनु हुन्न । शंकरद्विग विजय-मनुको नियम पुग नपुग हजार वर्ष अघि लेखिएको काल्पनिक उपन्यास महाभारत-रामायण पढेर परस्पर दाजुभाइलाई लडाएर-एकलव्यलाई वर्णकै विभेदले औंला काट्न लगाएर प्रल्हादलाई आफ्नै बाबु मार्न लगाई हिरण्यकसिपुको श्रीसम्पत्ती लुट्नमा गर्व गर्नेहरुले अब यो कल्पना गर्न नछोडें संकट निम्त्याउँछ । एकलब्य मंगोल थिए, शंकराचार्य हिन्दु काला आर्यन बाहुन । परस्परमा लड्ने भिड्ने सुग्रीव वाली मंगोल थिए । बृटिसहरु सधैं नै 'बृटिस साम्राज्यमा घाम कहिल्यै अस्ताउँदैन' भनेर दम्भ गर्थे, गोराहरु । घोडामा चड्नु पर्दा भारतीयलाई घोप्टो पर्न लगाएर त्यसमाथि टेकेर घोडा चढ्ने गर्थे । तर यि असहनिय व्यवहारले पल्टा खायो एमके गान्धिको आह्वानमा टुक्रीएर परस्पर घृणा गर्ने र परस्परमा सुग्रीव र वाली जस्तै लडिरहने भारतीयहरु मात्र होइन, मुस्लिमहरु पनि उठे-जुटे अंग्रेजहरुलाई साझा शत्रु ठानेर । आखित गान्धिको 'भारत छोडो' आह्वान सशक्त भएर जताततै उम्लनु थालेपछि सन 1615 तिर इष्ट इण्डिया कम्पनीको नकाव लगाएर भारत भित्रेका अंग्रेजहरुले कुलेलाम ठोक्नु परेको कुरा त चिसिएको छैन भने नेपालमा पनि त्यसो नहोला भनेर कसले भन्न सक्छ ? विदेशी काला आर्यनहरुको सेखी झार्नको निम्ति त्यस्तो संकटकाल ननिम्त्याउनको निम्ति अब बन्ने संविधानमा अहिन्दु मूलवासी मंगोल सहित अरु अहिन्दुहरुलाई ह्याकुलाले थिच्ने र पैतालाले पिस्ने परम्परागत दुष्ट प्रवृति छाडेर मेरो निम्न लिखित सल्लाहमा ध्यानाकर्षित हुनैपर्छ जसले गर्दा सबै नेपालीले समतहका नेपाली भएको महसुस गर्न सकोस् - सम्मान पुर्वक बाँचेको र सुरक्षीत महसुस गर्न सकोस् । नेपालका समस्त अहिन्दु मूलवासी मंगोलहरु राष्ट्रभित्रका राष्ट्रहरु हुन् । हाम्रा पुर्ख्यौलिहरुले खेलाएका ढुंगे युगका हातहतियारहरु तिब्रीकोट-बुढानिलकण्ठ-हाङदेवा-नोवल परासित्यादी ठाउँहरुमा तीस-बत्तीस, पैतिस चालीस हजार वर्षे उमेरका मात्र नभएर लाखौं वर्ष पुरानो पनि प्राप्त भएको सर्वविधितै छ भने अहिन्दु मूलवासी मंगोलको पुर्खाको डेड सेन्टिमिटर लामो एक सेन्टिमिटर चौडाको दाँत चट्टानमा चेप्टिएर बसेको फेलापरेको थियो पाल्पाको दोभानमा र त्रीवेणी भन्ने ठाउँमा जुन एक करोड दस लाख वर्ष पुरानो बताइएको छ । यो सत्य तथ्य मैले दोहोराईरहनु पर्दैन सन 1495 देखि हिन्दु काला आर्यनहरु अर्थात् बाहुन क्षेत्रीहरु हाम्रो मुलुकमा बास र गाँसको खोजिमा भित्रीन थालेपछि र सन् 1559 मा द्रव्य शाह, नारायण अर्जेल र गणेश पाण्डेको षड्यन्त्रमा कपटपुर्ण ढंगले मंगोल पुर्खाको टाउको गोर्खाबाट गिफिन सुरु भएपछि र हिन्दु साम्राज्यवादि पृथ्वीनारायण शाहाले 'असली हिन्दुस्थान भनेको यहि हो ।' अर्थात् हिन्दूहरुको असल र सुरक्षीत ठाउँ यहीँ वर्तमान नेपाललाई ठानेपछि हामि अहिन्दु मूलवासी मंगोलमाथिको दमन शोषण र शासनको क्रूरता चरम सिमामा पुर्याउदै हाम्रो सबथोक लुट्दै र चक्नाचुर पार्दै आज हामिलाई यश स्थितिमा पुर्याएको छ । अबको संविधान निर्माताहरुले सत्यलाई टर्रो सम्झेर मुल्यहिन आँक्ने नगरेकै बेस हुनेछ ।
भावी नेपाल र आउँदो पिडिको निम्ति प्रस्तावनामा
- (1) लोकतन्त्र अर्थात् गणतन्त्र ( republic
) (2) धर्म निरपेक्ष ( secularism )
(3) प्रान्तीयता (provincial govt.) (4) वाकस्वतन्त्र (freedom of speech)
(5) अभिव्यक्ती स्वतन्त्रता (freedom of press)
(6) घुमफिर गर्ने स्वतन्त्रता ( freedom of movement) राखिनु पर्छ ।
संविधानको पहिलो भागमा राखिनु पर्ने
- (1) मूलबासी शब्द राखिनुपर्छ ।
(2) राष्ट्रिय भनेको अराष्ट्रिय झण्डा बदलेर भुई पहेलोमा थुप्रै ताराहरु (नेपाल भूमिमा भएका विभिन्न समुदाय)
प्रतितात्मक राखिनुपर्छ । नेपालको बर्तमान झण्डाले चन्दर वंशी बुद्धिष्ठरु माथी भारतिय सूर्यवंशी राजाहरुको बिजय झल्काएको छ ।
(3) नेपालमा राजस्थानबाट मुगोलको खेदाई पछि वर्तमान नेपाल भित्रका शाहहरुले राजसंस्था आफ्नो मुठीमा पारेपछि अराष्ट्रिय पोसाक दौरा - सुरुवाल ( डोरा सुरुवाल) र नेपाली बनाईएको मुसलमानी टोपी (fez) लाई राष्ट्रिय पोसाक बनाईनु र भनाईनु हुन्न । पोसाकलाई ऐच्छिक विषयमा छाडिनुपर्छ ।
(4) राष्ट्रिय जनावर हिन्दुहरुकि आमा निरपेक्षलाई हात्तिको दारा जस्तो मात्र बनाएर धर्म निरपेक्षको विरोधमा पर्खाल बनाएर उभ्याएको छ भने अर्कोतिर निकट भविष्यमा अगतिलो द्वन्द्व निम्ताउनको निम्ति उजन्डवादिहरुले यसो गरेको संकेत मिल्छ ।
(5) अहिन्दु मूलबासी मंगोलहरु राष्ट्रभित्रका राष्ट्रहरु हुन यिनिहरु प्रतिमात्र होइनन अपितु अहिन्दु बुद्धिष्ट - अहिन्दु मुस्लिम - अहिन्दु कृश्चियन - सिक र जैनहरु माथी पनि अल्पसंख्यक 20 प्रतिशत हिन्दु काला आर्यन बाहुन क्षेत्रीले राजनैतिक शक्ति आफ्नो मुठिमा पारेर पद र पैसाको घमण्डमा सबै अहिन्दुलाई हिन्दुकरण गरिने दुष्टतापूर्ण प्रयास गरेर जात जाती , प्रजातित्यादी लेख्ने हेपाहा नीति बन्द गरेर त्यस ठाउँमा
(क) विभिन्न समुदाय
(ख) विभिन्न वर्ग
(ग) विभिन्न सम्प्रदाय अथवा थरी लेखिनु पर्छ ।
(6) अहिन्दु बहुसंख्यक 80 प्रतिशत मूलबासीले शरणार्थीको रुपमा भित्रेर बास गाँस पाएका 20 प्रतिशत हुन्दु काला आर्यन बाहुन क्षेत्रीलाई न हिजो देवता मानेका थिए न आज मानेका छन न भोलि नै मान्छ्न यसकारण यो खस लिपिलाई देवनागरी भन्नू अथवा संबिधानमा नै लेख्न चटक्कै छाड्नुपर्छ ।
(7) नेपालमा राष्ट्रिय बनाइएको अराष्ट्रीय संवतलाई बदली गरी कि अन्तरास्ट्रिय इष्वी सन चलाइनुपर्छ कि चाहि नेपाल संवत् जसलाई नेवारी भन्ने चलन छ ।
(8) सम्पर्क भाषामा खस लगायत - अंग्रेजी र हिन्दिलाई पनि सम्पर्क भाषाको मान्यता दिनु पर्छ ।
(9) पाठ्शालामा प्राथमिक तह देखि नै जम्मै राष्ट्रिय भाषालाई ऐच्छिक विषय बनाइनु पर्छ र अंग्रेजी र हिन्दि भाषालाई चाहिँ खस भाषा सरह प्राथमिक तहबाट नै दरिलो प्रकारले पढाउने गरिनुपर्छ ।
(10) नेपालका अहिन्दु मूलबासी मंगोलहरु बाध्यतावश संसारको कुनै मुलुकमा पुग्नु परेको भएता पनि उसलाई दुई देशिय नागरिक स्विकार गरी उ नेपाल फर्के पछि स्वयं नागरिक भएको स्विकार्नु पर्छ भने छुट्टिमा आउदा आफन्त भेट्न आउँदा अथवा अन्य कुनै पनि कामले नेपाल आउँदा उसलाई विदेशी सरह भिसा लाग्ने चलन उठाइनु पर्छ र उ नेपालमा बस्दा मानसिक रुपले पनि आफ्नै मुलुकमा भएको महसुस हुने मनस्थितिको बनाइने गर्नुपर्छ । संविधान संशोधन प्रक्रिया :- संविधान संशोधन प्रक्रियालाई जटिल बनाइनु हुन्न । संविधान संशोधनलाई 50 प्रतिशतले पनि संशोधन गर्न सकिने र निर्णायक मत चाही अध्यक्षको हुने बनाए बेस । जस्तो कि 50 प्रतिशतले संसोधनको र 50 प्रतिशतले विपक्षमा मत दिएर बराबरी हुनु आएकी खण्डमा निर्णायक मत चै अध्यक्षको हुनुपर्ने बनाए सजिलिन्थ्यो भन्ने मेरो राय छ । राजनैतिक दल सम्बन्धी :- राजनैतिक सम्बन्धीको संवैधानिक व्यवस्थामा मान्यता प्राप्त राजनैतिक दलमा भेदभाव बिहिन समानताको व्यबहारमा अपनाइनुपर्छ । हात्ती शिरले ठूलो भएता पनि मुर्ख हुन्छ । जरायोको सिङ राम्रो देखिने भएता पनि परि आउँदा त्यसले आफ्नै शरीर सुरक्षाको काम पनि गर्न सक्दैन । संकटकालिन घोषणा :- रास्ट्रमा सांचिकै संकट भित्रियो अथवा भित्राइयो भने 6-6 महिना गरेर एकबर्ष सम्म संकटकालिन घोषणा गर्न सक्ने त्यो भन्दा बेसि लम्ब्याउनु नहुने हुनुपर्छ । संविधानमा बाधा अडचन :- संवैधानिक बाधा अडचनमा पनि 50 प्रतिशतकै नियम लागू हुने बनाइनु उचित ठान्दछु जुन संविधान संशोधन प्रक्रिया प्रती ब्यक्त गरेको छु ।
(क) राजनैनिक दलको परिभाषा - राजनितिक अर्थात राजनैतिक दलको परिभाषा भनेको कुनै पनि मुलुकलाई सञ्चालन गर्ने नीति (policy ) हो।
(ख) हरेक नागरिकलाई राजनैतिक दल खोल्ने स्वतन्त्रता पूर्ण रुपले हुनु पर्छ। राजनैतिक दल अथवा संगठनहरुले प्राय नै नागरिकको सुषुप्त चेतनालाई ब्युझाउँने काममा घच्घचाउने काम गर्छ । नागरिकको चेतनाको स्तर अनुसार तिनीहरुले कुन राजनैतिक दलको पछि लाग्ने सुर कस्छ्न त्यो उसको स्वतन्त्र विचारको विकास हुन्छ । अपितु त्यति भएर पनु माओवादिले जस्तो जनतालाई आतंकित बनाएर आफ्नो राजनितीमा लगाउनु चाहिँ बेठिक ठान्छु । सकिन्जेल राजनैतिक दललाई बन्देज लगाउनु हुँदैन । जुन दलको नीति जनताले रुचाउदैन त्यसको पछि जनता नलागी दिएको खण्डमा त्यो स्वयं बन्देज भए सरह नै हुन्छ ।
(ग) दल दर्ताको निम्ति जतिसक्दो सजिलो बनाउनु राम्रो हो।
(घ) राजनैतिक दल भित्र फराकिलो प्रकारको लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ त्यसमा समावेशिको त्यति महत्व देख्दिंन । (ङ) राजनैतिक दलको व्यवस्थापन - पारदर्शिता र जवाफदेहिता भन्ने कुरा राष्ट्र चलाउने निति बोक्ने र निति बनाउने त्यसै पार्टीको जिम्मेवारीमाथी छाडिदिनु पर्छ। त्यो त्यस पार्टिका नेताहरुमा भर पर्छ, किनभने पार्टी हाँक्ने नेताहरुको विचार र व्यबहार उ जन्मेर पढे, बढे, हुर्केको संस्कार - सेरो फेरोकि वातावरणले गहिरो प्रभाव पारेको हुन्छ, त्यो छुमन्तरको भरमा छाडिने र सुध्रिने होइन । जस्तो कि प्रजातन्त्र भनेको राजा राख्ने र रैती कमारा स्विकार गर्ने स्विकार गर्न लागाउने हो । 21 औं शताब्दीमा राजतन्त्र - कम्युनिस्ट तन्त्र - तानाशाही तन्त्र्स्को कुरा गर्नु भनेको आफ्नो निहित स्वार्थमा राजाको पिट्ठु हुनु हो- संसारमा एक पछि अर्को गर्दै ढल्दै गएको र संसारमा कंहिपनी 100 वर्षपनी नटिकेको तानाशाही कम्युनिस्ट तन्त्रको जग बसाउन चाहनु हो । राजतन्त्र कम्युनिस्ट तन्त्र - सैनिक तन्त्र सोचाइको विकासको निम्ति प्रमुख दुष्ट हो। गिरिजा प्रसाद मर्काका नेताहरु सामन्ती प्रथा र राजतन्त्र आशिर्वादमा हुर्के- बाँचे - फले फुलेकाहरु हुन । त्यस्ताहरु भनेको "मुरख कभी नसम्झे ज्ञानका गाँठ जाये - कोयल कभि नउजिलाये सौ मन साबुन लगाए" भने जस्तै हो । त्यसमा पनि ढुङ्गालाई दूध- मान्छेलाई मुत खुवाउने संस्कारमा जन्मे बढे हुर्केकाहरु हुन । यस्ताहरुको हातमा देशको नीति निर्धारण गर्ने शक्ति भएकाले नै देशमा यस प्रकारको विकृती-भ्रष्टाचार चाप्लुसी-चाकरीवाद-नातावाद-कृपावाद मौलाएका हुन; तस्करी - कालाबजारियाहरुको रंजाइ-धाक-धम्की चरम चुलीमा पुगेका हुन । राजतन्त्रको विरोध -धर्म निरपेक्षको वकालत - प्रान्तियताको माग गरेर लेख्ता र बोल्दा र लोकतान्त्रिक गणतन्त्रकि पक्षमा भाषण गर्दा लेख्ता मैले एकै पल्टमा राजद्रोहिको दुइओटा आरोपमा जेलमा ठिंग्रिनु पर्यो। राष्ट्रलाई हिन्दु राष्ट्र बनाइएकोमा आफ्नो सम्पादन र प्रकाशनमा प्रकाशित हुने समाचार पत्रमा लेख्ता भुत पंचायत व्यवस्ताका सदस्य दाङकी देव बहादुर केसिली कार्वाहिको प्रस्ताव भूत राष्ट्रिय पंचायतमा पेश गरेका थिए। मुलुक हाक्नेको नीति बनाएर कुर्सिमा बसेका कंग्रेसी र तथाकथित कम्युनिस्ट भनाउंदा नेताहरुले अतिवादी र साम्प्रदायिक्ताको उप नाम दिएर मैले कैंयौ दु:ख झेल्नु पर्यो जेलमा र भुमिगत जिबनमा विदेशमा । तर अहिले त्यही भयो जुन मैले 1972 देखि अर्थात जुन मैले 36 वर्ष देखि बोल्दै र लेख्तै आएको थिएं । यश कारण राजनैतिक दल व्यबस्थापन पारदर्शिता र जवाफदेहितामा अंकुस लगाएर विचार लाद्ने विखालु बीउ रोपिनु हुदैंन । अन्तमा म आफ्नो सुझावहरुसंग घोलिएका सुझावसंग पुन: एकपल्ट दोहोराएर भन्न चाहन्छु ।
(क) तथाकथित राष्ट्रिय भनिने अराष्ट्रीय झण्डा - जुन झण्डा मा नेपालका बहुसंख्यक अहिन्दु मूलबासी(Indegenous)मंगोल बुद्धिष्ठरुको पतन (चन्द्र वंशी ) गरेर सूर्यवंशिको उत्थानको प्रतिकको प्रतिनिधित्व गर्दछ-यस प्रकारको झण्डा बदल्नै पर्छ ।
(ख) गाईलाई राष्ट्रिय पशु राखेर धर्मनिरपेक्षको घाँटी निमोठ्ने दुष्टतापूर्ण विचार त्याग्नै पर्छ।
(ग) अब बन्ने संविधानलाई हिन्दुकरण गरेर - जात जाती - उपजाती- प्रजाती भन्ने शब्दहरु निर्मूल गरिनै पर्छ र समुदाय -सम्प्रदाय - विभिन्न थरी-भन्ने शबदहरुलाई परिचित गराउनु अनिवार्य छ।
(घ) विजय दशमीले नेपालको अहिन्दु मूलबासी मंगोलकी पुर्खाको टाउको गिडिएर हिन्दु काला आर्यनको विजय र मूलबासी मंगोलको पतनको कथा संगालेको छ यसमा गहिराई पुर्वक सोचिनु पर्छ । मेरो उक्त विचारहरुलाई हेल चक्राई गरेर- लत्याउने र पैतालाले पिसेर धुजा बनाउने हेपुवा र दुष्टतापूर्ण नीति अपनाएको खण्डमा यहि नै एउटा कलहको बिउ सक्छ र अर्को एउटा बिसालता बोकेको निर्णायक क्रान्ती पनि हुन सक्ने छ भन्ने मेरो संगालो हृदयकि इमानदारी पूर्वकका सुझावहरु यिनै हुन ।
पुनश्च:
(क) मूलबासी (indigenous)
(ख)आदिवासी (migrated)
(ग)जनजाती (gypsy) जसको देशनै हुदैंन फिरिंगे - बनजारा
(घ)जनजाती (gypsy) हिन्दु समाजको अति शुद्र जाती अछुत जाति - बाहुनको पैताला
डा.गोपाल गुरुङ, एम.ए राजनिती
संस्थापक प्रेसिडेण्ट मंगोल नेशनल अर्गनाइजेशन (एमएनओ
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology