बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्याङ्जाको बिरुवा गाउँ पालिकामा मंगोल सभा स्याङ्जा

mongolvision | 23 अक्टोबर 2021

स्याङ्जाको बिरुवा गाउँ पालिकामा मंगोल सभा  स्याङ्जा


स्याङ्जा / स्याङ्जाको बिरुवा गाउँ पालिकामा मंगोल नेशनल अर्गनाइजेसनले मंगोल सभा सम्पन्न गरेको छ ।
एम एनओ जिल्ला सभा स्याङ्जाको  आयोजनामामा सनिवार  कात्तिक ६ गते बिरुवा गाउँ पालिका  वाड न ४ ओरष्टेमा उक्त मंगोल सभा सम्पन्न भएको हो । जिल्ला सभाका अध्यक्ष नेम बहादुर गुरुङको अध्यक्षता तथा संगठनका केन्द्रीय सदस्य एबम केन्द्रीय अनुशासन सभा सदस्य लाल बहादुर दर्लामीको प्रमुख आतिथ्यता र गण्डकी प्रान्तीय सभाका अध्यक्ष नर बहादुर गुरुङ नबिनको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । मंगोल सभालाइ सम्बोधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी दर्लामीले मंगोलहरु अब एक हुनु पर्ने समय आएको बताउनु भयो । त्यस्तै उहाले आउदो दिनहरुमा हुने जुन सुकै चुनावमा एम एनओको का उमेदवारहरु लाई चुनाब चिन्ह कुखुराको भाले मा अमुल्य मत दिई बिजय गराउन सबै लाई अनुरोध गर्नु भयो ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी गण्डकी प्रान्तीय सभा अध्यक्ष गुरुङले एम एनओको उदेश्य र मंगोल दर्शनको बारेमा सहभागीहरु लाई अवगत गराउनु भएको थियो ।
मंगोल सभा कार्यक्रममा गण्डकी प्रान्तीय सभा सदस्यदय सरिता गुरुङ , युवराज थापा  मगर लगायत बिरुवा का मुलबासि जनताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । जिल्ला सभाका कोषाध्यक्ष चोक बहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम पुतली बजार नगर सभाका प्रचार सचिब सुर्य बहादुर थापाले संचालन गरेका थिए ।
यसै बीच कार्यक्रमकै अवसर पारेर  गङा बहादुर थापा  को अध्यक्षता मा १५ सदस्यीय तदर्थ वाड सभा गठन गरिएको छ ।

स्याङ्जाको बिरुवा गाउँ पालिकामा मंगोल सभा  स्याङ्जा

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्