सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्याङ्जाकाे बिरूवामा एम.एन.ओ.काे गाउँपालिका सभा गठन ।

Melina Tamang | 7 जनवरी 2019

स्याङ्जाकाे बिरूवामा एम.एन.ओ.काे गाउँपालिका सभा गठन ।

मंगोल नेशनल अर्गनाइजेसन स्याङ्जा जिल्लाको सक्रियतामा स्याङ्जा जिल्लाको बिरुवा गाउँ पालिकामा तदर्थ गाउँ सभा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

स्याङ्जा/  मंगोल नेशनल अर्गनाइजेसन स्याङ्जाको बिरुवा गाउँ पालिकामा पौष बाइस गते शनिबार संगठनका केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाको निर्देशक प्रेम छिरी (दिक्पाल) शेर्पाको प्रमख आतिथ्यतामा सम्पन्न भएको एक कार्यक्रमका बिच चन बहादुर गुरुङको सभाध्यक्षतामा अट्ठाइस सदस्य तदर्थ स्याङ्जा जिल्ला सभा गठन भएको छ । तदर्थ जिल्ला सभाका सचिव, कोषाध्यक्ष, प्रचार सचिवमा क्रमशः सोनी थापा मगर, राम वीर गुरूङ, जुना गुरूङ रहेका छन भने सदस्यहरूमा मेख बहादुर गुरूङ, प्रशान्त थापा मगर, नेत्र बहादुर गुरुङ, संगम गुरूङ, रमेश गुरूङ, बिनोद थापा मगर, योगेन्द्र गुरुङ, सोम बहादुर गुरुङ, आेम बहादुर गुरुङ, भिम बहादुर गुरुङ, राम कुमार मगर, मोतीराम गुरुङ, लाल बहादुर गुरुङ, लिल बहादुर गुरुङ, भुल माया गुरुङ, आेमाया गुरुङ, धनकुमारी थापा मगर, दुत प्रसाद गुरुङ , गोविन्द आले मगर, यम बहादुर थापा मगर, देविका थापा मगर, राम थापा मगर, राम वीर गुरुङ, लाम बहादुर गुरुङ रहेका छन् । नवगठित तदर्थ गाउँसभा का पदाधिकारीहरू लाई कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाका निर्देशक प्रेम छिरि (दिक्पाल)शेर्पाले पद तथा गोपनीयताको सपथ ग्रहण गराउन भएको थियो । त्यस्तै विशिष्ट अतिथिमा प्रदेश नं चारका अध्यक्ष नवीन गुरुङ, प्रतिनिधि सुबेदार के बि गुरुङ, सल्लाहकार दिल प्रसाद गुरुङ, गण्डकी प्रदेश सभाका कोषाध्यक्ष निर्मल आले (राजु), कास्की जिल्ला सभाका सदस्य भिम गुरूङ, बिना गुरूङ,प्रदेश सदस्य ललिता गुरुङ आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा स्याङ्जा जिल्ला अध्यक्ष रत्न बहादुर गुरुङ , प्रदेश सदस्य सरिता गुरुङ, युवराज थापा मगर, प्रदेश सभा भारतका के बि गुरूङ, गण्डकी प्रदेश अध्यक्ष नवीन गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै कार्यक्रममा स्वागत मन्तव्य नेम बहादुर गुरूङले राख्नु भएको थियोे । मंगोल नेशनल अर्गनाइजेसन स्याङ्जा जिल्ला सभाका सचिव राजु गुरुङले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्