बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्याङ्जाको भिरकोटमा एम. एन. ओ. को वडा सभा गठन

mongolvision | 14 डिसेम्बर 2021

स्याङ्जाको भिरकोटमा एम. एन. ओ. को वडा सभा गठन

 
           स्याङजा / मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभा अन्तर्गत स्याङ्जा जिल्लाको भिरकोट नगर सभाको आयोजनामा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण साथै वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । बयारघारी तमु समाजको सभाहलमा सम्पन्न उक्त कार्यक्रम एम. एन. ओ.भिरकोट नगरसभा अध्यक्ष वीर बहादुर गुरुङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य लाल बहादुर दर्लामी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिस्ट अतिथि एम. एन. ओ. गण्डकी प्रदेश सभा अध्यक्ष नवीन गुरुङ रहनुभएको थियो भने अतिथिहरुमा प्रदेश सदस्यहरु युवराज थापा , सरिता गुरुङ, टोप खाम्चा मगर र जिल्ला सभा अध्यक्ष नेम बहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रममा नेम बादुर गुरुङ, टोप खाम्चा, नवीन गुरुङले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि दर्लामीले उपस्थित सम्पूर्ण मा मंगोल दर्शनको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । नगरसभाका पदाधिकारीहरु र स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा एम. एन. ओ. भिरकोट नगरसभा कोषाध्यक्ष कमल बहादुर मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर सचिव गिरमान गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 
         कार्यक्रमकै अवसर पारेर राम बहादुर मगरको अध्यक्षतामा ७ सदस्यीय भिरकोट -४ वडा सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष , सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः हिमशीला मगर, सिता मगर, अनिता एस. के , राजेश राना रहनुभएको छ भने सदस्यहरुमा माया आले र लक्ष्मी मगर रहनुभएको छ । त्यसैगरी चेतन बहादुर गहाको अध्यक्षतामा ११ सदस्यीय भिरकोट -६ वडा सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष , सहसचिव, प्रचारप्रसार सचिवमा क्रमशः सविना मगर, मान बहादुर जी. टी , सृजना परियार, दुर्गा मगर रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र मगर, रिना परियार, मिन बहादुर वि. क, खड्क बहादुर मगर, दल बहादुर मगर र प्रेम बहादुर मगर रहनुभएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्