सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्याङ्जाको पुतली बजारमा मंगोलको प्रशिक्षण

mongolvision | 10 अक्टोबर 2021

स्याङ्जाको पुतली बजारमा मंगोलको प्रशिक्षण


स्याङ्जा / मंगोल  नेशनल अर्गनाइजेशन पुतली बजार  नगर सभाको आयोजनामा एक दिने मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्याङ्जाको पुतली बजार  प्रगति नगर स्थित मगर भवनको सभाहलमा  सनिवार एम एनओ गण्डकी प्रान्तीय सभाका अध्यक्ष नर बहादुर गुरुङ नबिनको प्रमुख आतिथ्यतामा उक्त मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । नगर सभाका  अधक्ष्य शोभा मस्रंगी मगरको सभाअध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको बिशिस्ट अतिथिमा क्रमश गण्डकी प्रान्तीय सभाका सदस्यदय युवराज थापा मगर र सरिता गुरुङ हुनुहुन्थ्यो । अतिथिहरुमा पाल्पा जिल्ला सभाका सल्लाहकार तोप खाम्चा , स्याङ्जा जिल्ला सभा सचिब राजु गुरुङ , कोषाध्यक्ष चोक बा गुरुङ ,सल्लाहकार दिल प्रसाद गुरुङ , भिरकोट नगर सभा अध्यक्ष वीर बा गुरुङ रहनु भएको थियो ।
प्रशिक्षण कार्यक्रम लाई कार्यक्रमका प्रमुख अतिथी नर बहादुर गुरुङ र अतिथि तोप खाम्चाले संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाहरुले मानव अवस्थित्व , उत्पत्ति र मंगोलबादको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै उहाहरुले अबको बिकल्प भनेकै एम एनओ भएकाले सम्पूर्ण मुलबासी मंगोलहरु यसैमा लाग्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा  प्रान्तीय सभा सदस्य युवराज थापा मगर , जिल्ला सचिब राजु गुरुङ , भिरकोट नगर अध्यक्ष वीर बा गुरुङ र पुतली बजार वाड न ८ का अध्यक्ष भक्त आले लगायतले पनि एम एनओको बारेमा आफनो मन्तव्य मार्फत बताउनु भएको थियो । प्रशिक्षण कार्यक्रममा नगर छेत्रका मुलबासी जनताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । नगर सभाका सदस्य कल्पना थापा मगरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम   नगर सभाका सचिव सूर्य बहादुर थापा मगरले संचालन गरेका थिए ।

स्याङ्जाको पुतली बजारमा मंगोलको प्रशिक्षण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्