आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्याङ्जाको विभिन्न ठाउँहरुमा एमएनओको प्रशिक्षण कार्यक्रम सप्पन्न

Mongol Vision | 2 अक्टोबर 2020

स्याङ्जाको विभिन्न ठाउँहरुमा एमएनओको प्रशिक्षण कार्यक्रम सप्पन्न

काठमाडौ / मंगोल नेसनल अर्गनाइजेसन स्याङ्जा जिल्ला सभाले जिल्लाको विभिन्न स्थानहरुमा संगठनको गतिविधि लाई तिब्रता दिदै संगठन बिस्तार कार्य थालेको छ ।
         बिश्व ब्यापी महामारी कोरोना भाइरसको कारण स्थगित संगठनको गतिविधि लाई  सामाजिक दुरि कायम गर्दै पुन संचालन गरेको हो । जिल्ला सभाको पहलमा संगठनका केन्द्रिय मुल सचिब थमन बुढा मगरको उपस्थितिमा सेक्टेम्बर २२ देखि अक्टोबर २ सम्म स्याङ्जाको  चापाकोट नगर पालिकाको विभिन्न वडाहरुमा प्रशिक्षण कार्यक्रमहरु  सम्पन्न भएको छ ।  १ देखि १० वाड सम्ममा संचालन भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय मुल सचिब बुढा मगरले सांगठनिक साथै समसामयिक राजनीतिबारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यस्तै उहाले मंगोलको राजनीतिको बारेमा समेत बताउनु भयो।
         कार्यक्रममा  गण्डकी प्रदेश सभाका अध्यक्ष नर बहादुर गुरुङ ( नवीन ) , स्याङ्जा जिल्ला सभाका सल्लाहकार  डिल प्रसाद गुरुङ , जिल्ला सदस्य खडक बहादुर थापा , राजु गुरुङ , शिव आले , मिलन राना लगायतको उपस्थिति रहेको थियो । सोही क्रममा चापाकोट नगर पालिका  १ , २ ,३  , ८ , ९ र १०  वाडमा   क्रमश  धन बहादुर थापा , सोम बहादुर श्रेष्ठ , ओम बहादुर सारु ,नवराज श्रेष्ठ , नवराज श्रेष्ठ , कुल बहादुर मगर, इसवरी खाम्चा मगर लाई वाड संयोजकमा चयन गरिएको छ

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्