Sandeep Sinjali | 29 सेप्टेम्बर 2019
28 सितम्बर 2019/स्याङ्जा
मंगाेल नेशनल अर्गनाईजेशन गण्डकी प्रदेश सभाकाे प्रधम अधिवेशन खुला घाेषणा सभा यही 28 सितम्वर 2019 काे दिन स्याङ्जाकाे वालिङ बजार स्थित तमु समाजकाे भवन अगाडि खुला मैदानमा कार्यक्रम सम्पन्न भएकाे छ। 27 सितम्बर 2019 काे दिन सम्पन्न बन्द शत्रले नयाँ सभा गठन गरेकाे थियाे भने अर्काे दिन शनिवारकाे दिन खुल्ला घाेषणा सभा सम्पन्न गरिएकाे थियाे। विगत एक महिनाकाे तयारी पश्च्यात अायाेजना गरेकाे उक्त कार्यक्रमकै दिन पुर्व देखि नै वालिङमा निरन्तर पानी परिरहेकाे थियाे। उक्त दिन विहानै देखि झरी परेकाे भएतापनि उक्तै दिन कुनै पनि हालतमा कार्यक्रम सम्पन् गरिने भन्ने कुरा उक्त कार्यक्रमका संयाेजक नवीन गुरुङले मंगाेल भिजन पत्रिकालाई बताउनु भएकाे थियाे। अविरल वर्षाकाे कारणले केही ढिलाे भए पनि स्याङ्जा जिल्लाका कुना कुनावाट उक्त कमर्यक्रममा सहभागी हुन भनेर मुलबासी मंगाेलहरु जम्मा हुँदै थिए। ११ वटा जिल्ला रहेकाे गण्डकी प्रदेशका जिल्लाहरु मध्य ८ वटा एमएनअाे जिल्ला सभाकाे सहभागी रहेकाे थियाे। उक्त सभामा सहभागी लिन भनेर खुल्ला सभा कार्यक्रमकाे अघिल्लेकाे दिनमै वालिङमा अाएर बस्नेहरुकाे संख्या निकै थियाे। एमएनअाे काे उक्त कार्यक्रमले वालिङका हाेटल ब्यवसाय गर्नेहरु निकै खुसी भएकाे देखिन्छ। दिनकाे १२ वजे पश्यात अलि पानी कम भएकाे भए पनि सिमसिम पानी परेकै वेला र्याली कार्यक्रम स्थल देखि सुरु भएकाे थियाे। टाउकाेमा डण्डा बज्राेस् याे मुलबासी डग्दैन भने जस्तै अन्त त पनि सिमसिम पानी परेकै अवस्थामा कार्यक्रम सुरु गिरयाे। मंगाेल नेशनल अर्गनाईजेशन जिन्दावाद, लाेकतन्त्र हाम्राे प्राण हाे, धर्मनिरपेक्ष हाम्राे मुटु हाे, संघियता हाम्राे अंग हाे, अराष्ट्रिय झण्डा बदली गर, राष्ट्रिय जनावर गाई हाेईन कस्तुरी मृघ राख, युग पुरुष अमर डा गाेपाल गुरुङ अमर रहुन् जस्ता नाराहरु लगाउदै सहभागीले वालिङ बजार परिक्रमा गरेका थिए। उक्त र्याली व्यवस्थापन गर्न र शान्ती सुरक्षा कायम गर्न नेपाल सरकारका ट्राफिक प्रहरी र प्रहरीहरु खटाईएकाे थियाे। नारा सहितकाे र्याली भने वालिङ बजार काे परिक्रमा गरि कार्यक्रम स्थलमा अाई सभामा परिणत भएकाे थियाे।
मंगाेल नेशनल अर्गनाईजेशन केन्द्रीय सभाका मुलसचिव थम्मन बुढा मगरकाे प्रमुख अाथित्यमा सम्पन्न उक्त सभामा बिशिष्ठ अतिथिकाे रुपमा केन्द्रीय सभाका सदस्य एंव का.साहायक रिन्छेन दाेर्जे तमाङ र अन्य अतिथिहरुमा केन्द्रीय सभाका सदस्यहरु लगाएत ५ नं प्रान्तिय सभाका सदस्यहरु रहेका थिए। र्याली सभामा परिणत भै सके पछि पनि बिच विचमा पानी परिरहेकाे थियाे। तर सहभागी मुलवासी मंगाेलहरु काेही रुझ्दै र काेही छाता अाेढेर अाफुलाई पानीबाट बचाउदै सभाका अतिथिहरु एव एमएनअाेका नेताहरुकाे भनाई सुन्न तल्लिन भैरहेकाे दृश्य निकै माेहिक र मार्मिक थियाे। अाैपचारिक रुपमा सुरु भएकाे कार्यक्रमकाे संचालन पुर्व गण्डकी प्रदेश सभाका पुर्व प्रचार सचिव अनिता थापा मगर ले संचालन गर्नु भएकाे थियाे।कार्यक्रमका प्रमुख अतिथिले एमएनअाेकाे पाँच क्रान्तीकाे प्रतीक पाँच दिप बालेर एमएनअाेकाे क्रान्तिलाई अझै तिब्र गतिमा अगाडि बढाउने प्रण गरिएकाे थियाे। साथै युग पुरुष डा.गाेपाल गुरुङकाे फाेटाेमा खादा अर्पण गरेर र युग पुरुष डा.गाेपाल गुरुङ लगायत ज्ञात अज्ञात मंगाेल शहिदहरु प्रति समर्पित एक मिनेट माैन धारण गरिएकाे थियाे। अघिल्लाे दिनकाे बन्द शत्रबाट नवीन गुरुङकै अध्यक्ष सर्वसम्मत रुपले निर्वाचित २१ सदस्यिय सभाकाे नामावली खुल्ला सभामा घाेषणा गर्दै प्रमुख अतिथि ले खादा लगाई सम्मान गरिएकाे थियाे। कार्यक्रममा अतिथिहरुले अाफ्नाे मन्तव्य राख्दै नव गठित सभाका पदाधिकारीहरुलाई अाफ्नाे कार्यकालकाे सफलताकाे शुभ कामना व्यक्त गर्नुभएकाे थियाे। उक्त कार्यक्रमा अाफ्नाे मन्तब्य राख्दै बिशिष्ठ अतिथी रिन्छेन दाेर्जे तामाङले अब गाउँ गाउँमा हल्ला छ राजा ल्याउने सल्लाह छ हाेईन, गाउँ गाउमा हल्ला छ बाउनवाद फ्याक्ने सल्लाह छ भनेर अबकाे लहर रहेकाे दर्शकहरुलाई बताउनुभएकाे थियाे, भने कार्यक्रमका प्रमुख अाकर्षकका केन्द्रविन्दु साथै कार्यक्रमका प्रमुख अतिथि थम्मन बहादुर बुढामगर ले अाफ्नाे मन्तव्य राख्दै सम्पुर्ण बाउनतन्त्र र बर्णभेदी नितिकाे पाेल खाेली दिनु भएकाे थियाे। प्रमुख अतिथिकाे भषणमा सहभागी मुलबासी मंगाेल दर्शकहरुले सुन्नमा देखाएकाे उत्सुक्ता निकै शुन्दर थियाे। नेपालमा जति पनि समस्या छ त्याे सबै बाउनवाद वा हिन्दुवादकाे कारणले हाे भनेर प्रष्टाई दिदा सहभागीहरुकाे मात्र नभई कार्यक्रम स्थलकाे कुनातिर बसेर सुरक्षा प्रदान गरिरहेका प्रहरीहरकाे पनि मन्टाे हल्लाएकाे देखिन्थ्याे। गण्डकी प्रदेशकाे मात्र सहभागी नभएर रुपन्देही जिल्ला, पाल्ला जिल्लाबाट पनि मुलबासी मंगाेलहरु रमाउदै स्याङ्जा पुगेका थिए।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology