Anita Thapa Mongol | 9 अगस्ट 2019
09 August,2019
स्याङ्जा जिल्लामा बहु मंगोल सहभागीतामा २५औं विश्व मुलवासी दिवस सम्पन्न मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा स्याङ्जाको आयोजनामा बायरटारी स्याङ्जाको मा जिल्ला अध्यक्ष रत्न बहादुर गुरुङज्युको सभाधक्ष्यतामा र गण्डकी प्रदेश सभाका जुझारु मंगोल नेतृ ललिता गुरुङको प्रमुख आतिथ्यतामा २५ औं विश्व मुलवासी दिवस सभ्य र भव्य रुपमा मनाउन सफल भएको छ । कार्यक्रममाअतिथिका रुपमा भिरकोट नगर सभाका अध्यक्ष जङग बअहादुर गुरुङ कोषाध्यक्ष वीर बहादुर गुरुङ, वालिङ पगर सभाका सचिव रेशम गुरुङ मंगोल दिदी बहि कोषका अध्यक्ष टीका राना मगरहुनुहुन्थ्यो ।प्रमुख अतिथिज्युले मंगोल सम्पुर्ण मुलवासी मंगोल नारिहरु अब हिजोको दिनमा जस्तो पिछा पर्नुको सट्टा अब कती ढिलासुस्ती नगरिकन मुलवासी मंगोलहरुको हक , अधिकार र अस्तित्वको लागि डा गोपाल गुरुङज्युले प्रतिपादन गर्नु भएको मंगोल रास्ट्रवादको सिधाान्तअनुसार आवश्यकता अनुसारको मंगोल मुक्तिका लागि अहोरात्र खट्नु पर्ने र वर्तमान समयको यो बहुन क्षेत्रीले चलाएको नाम मात्रको लोकतन्त्रलाइ असलिमा बद्लनको अब राजनीति गर्नु पर्ने कुरा बताउदै मुलवासी मंगोलको विषयमा आफना गहकिला मन्तब्य राख्दै देश विदेशमा छरिएर रहेका मुलवासी एकतामा जोड दिनु भयो । अतिथिज्युहरुले पनि मुलवासी मंगोलकै हित सम्बन्धि मन्तब्य राख्नु भएको थियो कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष सुब्दार सोम बहादुर गुरुङज्युले दिनुभएको थियो र सन्चालन जिल्ला सचिव राजु गुरुङले गर्नु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology