बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्याङ्जा मा मुलवासी मंगोलहरु अस्तित्वको निम्ति जुर्मुराउदै।

Lok magar thapa | 4 मार्च 2019

स्याङ्जा मा मुलवासी मंगोलहरु अस्तित्वको निम्ति जुर्मुराउदै।

          

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा स्याङ्जाको आयोजना तथा सक्रियतामा यहि २०७५ फाल्गुन १८ गते शनिवारका दिन  स्याङ्जाको वालिङ् बगर खेलमैदानको तमु समाज भवनमा एक दिने मंगोल अस्तित्व  सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। एम.एन. ओ. जिल्ला सभा स्याङ्जाका अध्यक्ष रत्न बहादुर गुरुङ्गको अध्यक्षतामा एम.एन.ओ. केन्द्रिय मुल सचिव थमन बहादुर बुढा मगरको प्रमुख आतिथ्यता र विशिष्ट अथितिहरुमा एम.एन.ओ. केन्द्रिय सदस्य तथा अनुशासन बिभाग सदस्य लाल बहादुर दर्लामी मगर, एम.एन.ओ. केन्द्रीय सदस्य तथा मंगोल भिजन साप्ताहिक पत्रीका का निर्देशक प्रेम छिरी शेर्पा ( दिकपाल मंगोल), एम.एन.ओ. केन्द्रीय सदस्य शिव बहादुर गुरुङ्ग, अतिथिहरुमा एम.एन.ओ. गण्डकी प्रदेश अध्यक्ष नवीन गुरुङ्ग, एम.एन.ओ. गन्डकी प्रदेश कोषाध्यक्ष निर्मल आले , एम.एन.ओ. ५ नम्बर प्रदेश वीर बहादुर गुरुङ्ग, एम.एन.ओ. गन्डकी प्रदेश कानुनि परामर्श प्रमुख भिम गुरुङ्ग, एम.एन.ओ. गन्डकी प्रदेश   सदस्य कुल कुमारी गुरुङ एम.एन. ओ. गन्डकी प्रदेश सदस्य रत्न बहादुर फगामी मगर, एम.एन.ओ. गन्डकी प्रदेश सदस्य पदम माया गुरुङ्ग, एम.एन.ओ. गन्डकी प्रदेश सदस्य सरिता गुरुङ, एम.एन.ओ. गन्डकी प्रदेश सदस्य ललिता गुरुङ, एम.एन.ओ. म्याग्दी जिल्ला सदस्य डि.के. पुन मगर, एम.एन.ओ. कास्की जिल्ला सदस्य पुरन गुरुङ्ग, एम.एन.ओ. पाल्पा जिल्ला सचिव पुरन दर्लामी, एम.एन.ओ. पोखरा महानगर सभा अध्यक्ष ज्ञान राज गुरुङ, एम.एन.ओ. बिरुवा गाँउपालिका अध्यक्ष चन बहादुर गुरुङ्ग, एम.एन.ओ. स्याङ्जा पुतलिबजार नगर सभा अध्यक्ष अमृत थापा मगर, एम.एन.ओ. भिरकोट नगर सभा अध्यक्ष जंग बहादुर गुरुङ,एम.एन.ओ. वालिङ्ग वडा न. ४ प्रतिनिधि नन्द बहादुर गुरुङ्ग, लगायत विभिन्न राजनितिक दलका कार्यकर्ताहरुको उपस्थिति साथै करिब आठ सय जनाको सहभागितामा मंगोल दर्शनको बारेमा प्रशिक्षण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो। 
      उक्त कार्यक्रम एम.एन.ओ. स्याङ्जा जिल्ला सभा सचिव राजु गुरुङ्ग ले संचालन गर्नु भएको थियो,भने एम.एन.ओ. स्याङ्जा जिल्ला कोषाध्यक्ष नेम बहादुर गुरुङ को स्वागत मन्तब्य बाट कार्यक्रमले अझ औपचारिकता पाएको थियो। एम.एन.ओ. केन्द्रिय मुल सचिव थमन बहादुर बुढा मगरको करिब ४ घण्टाको लामो प्रशिक्षण पश्चात सोम बहादुर गुरुङ्ग को अध्यक्षता मा २७ सदस्यीय वालिङ् नगर सभा गठन पनि गरिएको थियो र अन्त्यमा विभिन्न संगठन र पार्टी बाट एम.एन.ओ. मा प्रबेश गर्नु हुने महानुभावहरु लाई सम्मानका साथ प्रमुख अतिथि द्वारा खादा लगाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै सभा अध्यक्ष बाट कार्यक्रम समापन गरिएको थियो। 

 

स्याङ्जा मा मुलवासी मंगोलहरु अस्तित्वको निम्ति जुर्मुराउदै।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्