बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सहिद लखन गाउँपालिका पुनर्गठन

Aneeta Thapa Magar | 2 मे 2021

सहिद लखन गाउँपालिका पुनर्गठन

गोरखा/ तारा बहादुर थापा मगर ज्यूकाे अध्यक्षतामा १३ सदस्यीय मंगाेल नेशनल अर्गनाइजेशन सहिद लखन गाउँपालिका सभा पुनर्गठन भएकाे छ ।

मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा गाेरखाका वरिष्ठ सदस्य प्रेम बराम ज्युकाे सभाध्यक्षतामा र गण्डकी प्रदेश सभाका सल्लाहकार तथा मंगाेल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाका संवाददाता देव बहादुर थापा ज्युकाे प्रमुख आतिथ्यतामा गाेरखा जिल्ला अन्तर्गतकाे सहिद लखन गाँउपालिका ६, घैरूङस्थित लाङ्घाली हाेटलमा १ मे २०२१ शनिबारकाे दिनमा साैहार्द पुर्ण वातावरणमा मंगाेल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण र पुनर्गठन प्रक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त पुनर्गठित सभाका सचीवमा सुनु राना मगर हुनुहुन्छ र अन्य सदस्यहरूमा सागर थापा मगर, जीवन राना मगर, तिलक थापा मगर, विकास थापा मगर, मिन बहादुर थापा मगर, मुन बहादुर आले, गंगन बहादुर आले, हिरा बहादुर थापा मगर, दान बहादुर राना मगर, मिलन राना मगर हुनुहुन्छ । सल्लाहकारमा तुल बहादुर थापा मगर हुनुहुन्छ ।

सहिद लखन गाउँपालिका पुनर्गठन

उक्त कार्यक्रममा प्रमुख अतिथी ज्युले नेपालकाे वास्तविका इतिहासबारे बताउनुहुँदै मानव अस्तित्व र नेपाली राजनीति साथै मंगाेल नेशनल अर्गनाइजेशन सम्बन्धि आवश्यक जानकारीहरू प्रष्ट पार्दै प्रभावकारी प्रशिक्षण दिनुभएकाे थियाे । साथै प्रमुख अतिथि थापा ज्युले “अब गोर्खालीको सन्तान तथा लखन थापाको सन्तानले र अमर युगपुरूष अमर ड.गोपाल गुरुङ ज्युको सच्चा चेलाहरुले मगन्ते शरणार्थी बाहुन क्षेत्रीहरूसँग डराउनु हुँदैन” भन्नुभएकाे थियाे । प्रशिक्षण कार्यक्रम पश्चात् पुनर्गठन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम पश्चात् सम्पुर्ण पदाधिकारी ज्युहरूलाइ मंगाेल नेशनल अर्गनाइजेशनकाे सपथ ग्रहण गराउनुभएकाे थियाे । कार्यक्रम सञ्चालन मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा गाेरखाका सचिव कृष्ण कुमारी घले श्रेष्ठ ज्युले गर्नुभएकाे थियाे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्