Mongol Vision News | 10 जून 2020
झापा/ मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट युगपुरुष अमर ड.गोपाल गुरुङज्युको चौथो स्मृति सभा वहाँकै पार्थिव शरीर राखिएको ठाउ झापा जिल्ला मेचिनगर नगर पालिका -२ स्थित भृकुटी नजिकै मंगोल रिसर्च सेन्टरको प्रारम्भिक भवनमा एक कार्यक्रमविच सम्पन्न भएको छ ।
विश्व कोभिड -१९ ( कोरोना ) भाइरस संग जुँधिरहेको यस्तो संकट परिस्थितिमा अघिल्ला वर्षहरु झै बृहत रूपमा नगरी नजिकका नेता तथा कार्यकर्ताहरु मात्र सिमित रूपमा भेला भइ देश तथा विदेशमा चौथो स्मृति दिवस सम्पन्न भएको छ ।
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ्ग मंगोलको अध्यक्षतामा सम्पन्न उक्त स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथिका रूपमा मंगोल नेशनल अर्गनाइजेसनका प्रेसिडेण्ट अहिन्दु मुलवासी मंगोल बुद्धलाल मेचे रहनु भएको थियो ।
प्रमुख अतिथि मेचेले भन्नुभयो " दुनियाँमा सदाभर एकनासको अनुकुल वातावरण हुँदैन, प्रतिकुल अवस्थामा पनि आफ्नो लक्ष्य प्राप्तिको निमित्त डटेर लडिरहनु पर्छ, अनिमात्र गन्तव्यमा पुग्न सकिन्छ, छिमेकी राष्ट्र चीन आफ्नो सिद्धान्तमा कहिले पनि डगमगाउदैन दुनियाँ जुनसुकै होहल्लाको पछी लागोस, चाइना आफ्नै मुल उदेश्यमा लम्कीरहेको हुन्छ, फलस्वरूप अब विश्वको शक्तिशाली रास्ट्र बन्दैछ । यो कसैले रोकेर रोकिनेवाला छैन ।
अहिले नेपालमा विभिन्न खाले सडक र सदन तताउने विषयहरु चलिरहेको छ । यसप्रति एमएनओले किन आधिकारिक रूपमा बोल्दैन भन्ने कसैलाई चासो हुनसक्छ तर यो मुलुकमा पहिलो लोकतन्त्रवादी नेता ड.गोपाल गुरुङ र उहाँले भद्रगोल जेलभित्र खोल्नु भएको मंगोल नेशनल अर्गनाइजेसनले जुन समय सापेक्ष नयाँ नेपाल बनाउने मंगोल रास्ट्रवादको दर्शन र अहिले नाम मात्रको भएपनि जुन ब्यवस्था छ त्यो शासन ब्यवस्थाको खाका ल्याउने मंगोल नेशनल अर्गनाइजेसन हो । यसर्थ वास्तविक राजनीति गर्न नेपालका बाहुनक्षेत्रीले एमएनओबाट सिक्नुपर्छ भने आफ्नो शक्ति सन्तुलन गर्न सुनियोजित कुनै घटनाप्रती बकम्फुसे पारामा कुर्लने संगठन होइन एमएनओ " ।
थपमा मेचेले भन्नुभयो " हिजो संगठनमा सहयोग भन्दा हावा कुरा गर्ने र होहल्ला तिर अल्मलिनेहरुको संख्या धेरै थियो तर आज सत्यतथ्य बुझ्ने र तन मन धनले सहयोग पुर्याउनेहरुको संख्या दिनानुदिन बढ्दैछ । हिजोको दिनमा संगठनले नजित्ने देखेपनि आफ्नो अमुल्य मत संगठन बचाउनको निम्ति दान गर्नुहुने समस्त अहिन्दु मुलवासी मंगोल आमाबुबा दाजुभाइ दिदिबहिनीहरुलाई एमएनओको विभिन्न कार्यक्रमहरुमा मंगोल मायाले भरिएको मायाको चिनो स्वरुप विभिन्न सम्मानका कोशेलीहरुले उच्च सम्मान गर्दै आइरहेको र निरन्तर रहने प्रतिबद्धता गर्दछौं । उक्त सभालाई संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ र १ न. प्रदेश सभाका अध्यक्ष भाष्कर चाम्लिङ राईले पनि सम्बोधन गर्नुभएको थियो ।
२७ , जुलाई १९३५ मा जन्मिनु भएका अमर ड.गोपाल गुरुङज्यु १०, जुन २०१६ मा परलोक हुनुभएको थियो । वहाँको देहान्तपछी १० जुनलाई स्मृतिसभा र २७ जुलाई लाई जन्म दिवसको रूपमा संगठनले मनाउदै आएको छ ।
ड.गोपाल गुरुङज्युको समाधिस्थल संगै भरखरै निर्माण भएको मंगोल रिसर्च सेन्टरको प्रारम्भिक भवनमा सम्पन्न उक्त स्मृतिसभा कार्यक्रममा विशिस्ट अतिथी संगठनका केन्द्रिय सचीव सन्तोष तामाङ, प्रवक्ता दिलिप धिमाल, वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल , मंगोल भिजन मिडियाका प्रमुख राज कुमार गुरुङ , केन्द्रिय सर्वोच्चसभा सदस्यद्वय सान बहादुर मेचे र श्याम बहादुर लिम्बू साथै केन्द्रिय सदस्य अनिता तामाङ ( मेलिना ), दिलवरी राई, वैकल्पिक केन्द्रिय सदस्य देवेन्द्र साम्पाङ्ग राई, १ नं प्रदेश अध्यक्ष भास्कर चाम्लिङ राई , सचीव सागर राई लगायत प्रदेश सदस्य रुद्र बहादुर राइको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा हिजोको दिनहरुमा महत्त्वपूर्ण योगदान गर्नुहुने आदरणीय अग्रज अभिभावकहरुलाई मायाको चिनो स्वरुप केही उपहारहरुले सम्मान गरिएको थियो भने उक्त सम्मान ग्रहण गर्नुहुने सम्मानित व्यक्तित्वहरुमा धन बहादुर राई, भरेन धिमाल, याम बहादुर लिम्बू , केशाली धिमाल, प्रताप धिमाल, नरजीत चाम्लिङ राई, विशुलाल मेचे, जीवन धिमाल, खण्ड धिमाल, भाद्रलाल धिमाल, अर्जुन धिमाल र श्याम धिमाल रहनुभएको थियो ।
लामो समयदेखि मुलुकले लकडाउन खेपिरहेको अवस्थालाई मध्यनजर गर्दै २ घण्टाको अवधीभित्र सकिने गरि सम्पन्न उक्त स्मृति सभा कार्यक्रममा झापा जिल्लासभाका सचिव बानिरा मेचेले स्वागत मन्त्यब्य राख्नु भएको थियो भने मेचिनगर नगरसभाका अध्यक्ष सागर मंगोल ( दर्जी ) ले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology