बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सन्दकपुरमा एम. एन. ओ. को वडा सभा पुनर्गठन

mongolvision | 18 मार्च 2022

सन्दकपुरमा एम. एन. ओ. को वडा सभा पुनर्गठन


        इलाम/ इलाम जिल्ला अन्तर्गत पर्ने सन्दकपुर गाउँपालिका वडा नं. ४ मा वडा सभा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।  
              १८ मार्च २०२२ का दिन सन्दकपुर-४ स्थित माबु, सोमबारेमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय मंगोल समर्थक मिनबहादुर गुरुङको सभाध्यक्षतामा एवं संगठनका वैकल्पिक केन्द्रिय सदस्य लछुमान माक्रेहाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि लासीम हाङ मंगोल रहनुभएको थियो भने मंगोल मिडिया हबका पत्रकार विजय हाङ लिम्बूको पनि उपस्थिति रहेको थियो । 
                कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लछुमान माक्रेहाङले संगठनको ईतिहास र वर्तमान समयमा एम. एन. ओ. को बारेमा प्रशिक्षण प्रदान गर्दै अबको निर्वाचनमा भाले चिन्हमा मतदान गर्न सम्पूर्णमा आव्हान गर्नुभयो साथै संगठनको स्थापनाकाल देखिका  अग्रज अभिभावकहरु मिनबहादुर गुरुङ, पुर्ण गुरुङ, रितबहादुर गुरुङ, पृतिमान राई,  मोतिमाया गुरुङलाई प्रमुख अतिथिले खदा ओढाई सम्मान गर्नुभएको थियो। त्यस्तै लासीम हाङ मंगोलले माबुमा महामानव ड.गोपाल गुरुङ ज्युले हिजो हिडेरै कुना कन्दरा सम्म मंगोल दर्शन फैलाउदै हिड्नु भएको पाईलाको डोबहरु  स्पष्ट रहेकोले एम.एन.ओ. का हरेक कार्यकर्ताहरुको निम्ति माबु ऐतिहासिक स्थल रहेको कुरा बताउनुभयो । 
                   कार्यक्रमकै बीच धनबहादुर गुरुङको अध्यक्षतामा सन्दकपुर-४ वडा सभा पुनर्गठन भएको हो । सचिव, कोषाध्यक्ष, सहसचिव, प्रचार सचिवमा क्रमशः कुमारी गुरुङ, लिलादेवि गुरुङ, ललित गुरुङ, युवराज गुरुङ रहनुभएको छ ।
सदस्यहरुमा पुर्ण बहादुरु गुरूङ, मुक्त बहादुर गुरुङ, विशाल गुरुङ, अनिल गुरुङ, लेखराज गुरुङ, सुरेन गुरुङ, सनबहादुर राई, समुन्द्र राई, नेत्र राई, भरत राई, सन्तवीर राई, पृथमान राई, घनश्याम राई, शेरबहादुर गुरुङ, टुङ्ग बहादुर गुरुङ, सिवनकला गुरुङ, चक्रबहादुर गुरुङ, देवबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, मिनप्रसाद लिम्बू र सल्लाहकारमा रितबहादुर गुरुङ, मिनबहादुर गुरुङ, इन्द्रमाया गुरुङ, खड्गबहादुर राई, मतिमाया गुरुङ रहनुभएको छ । विजयहाङ लिम्बूले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम रबिन राईले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्