सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सर्लाहीमा एम.एन.ओ. बागमती नगर सभा गठन

Lassim Hang Mongol | 9 जनवरी 2019

सर्लाहीमा एम.एन.ओ. बागमती नगर सभा गठन

सर्लाही/ मंगोल नेशनल अर्गनाइजेशन प्रदेश नं. २ सभा अन्तर्गतको सर्लाही जिल्लाको बागमती नगर सभा गठन भएको छ ।
८ जनवरी मंगलबारका दिन सुवाल तामाङको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य सोम बहादुर तमुको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य धनमाया तामाङको विशिष्ट आतिथ्यतामा बागमती नगरको तिनकुने नयाँ बस्ती स्थित एक प्रशिक्षण कार्यक्रमको बीच एघार सदस्यीय उक्त नगर सभा गठन भएको हो । जसको सचिवमा जय बहादुर मोक्तान रहेका छन् भने सदस्यहरूमा प्रेम जर्गा मगर, कप्ताङ थिङ, जगत बहादुर स्याङतान, मान बहादुर थिङ, सुवालाल घिसिङ, विकास थिङ र सम्भु बिक छन् ।
     कार्यक्रममा प्रमुख अतिथी सोम बहादुर तमुले मानव अस्तित्व लगायत संगठनको बारेमा प्रशिक्षण प्रदान गर्नु भयो । त्यसैगरी विशिष्ट अतिथी धनमाया तामाङले पनि आफ्नो धारणा व्यक्त गर्नु भयो भने नवगठित पदाधिकारीहरूलाई प्रमुख अतिथी सोम बहादुर तमुले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रम जय बहादुर मोक्तानले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्