मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

शोकाकुल परिवारप्रति समवेदना पत्र हस्तान्तरण

Mongol Vision News | 21 डिसेम्बर 2019

शोकाकुल परिवारप्रति समवेदना पत्र हस्तान्तरण

झापा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाद्वारा शोकाकुल परिवारप्रति समवेदना पत्र हस्तान्तरण गरिएको छ ।

      20 डिसेम्बर 2019 शुक्रबारको दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाद्वारा शोकाकुल परिवारप्रति समवेदना पत्र हस्तान्तरण गरिएको छ । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका पुर्व सदस्य टीका नारायण श्रेष्ठको जीवन साथी दिलकुमारी श्रेष्ठको यही 13 डिसेम्बर 2019 शुक्रबारको दिन भएको दुखद निधनले मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापालाई मर्माहत एवम् स्तब्ध तुल्याएको छ ।

      शोकको यस दुखद घडीमा संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ, केन्द्रीय सदस्य मेलिना तामाङ, १ नं. प्रदेश सभा सचिव सागर राई, जिल्ला सचिव बानिरा मेचे, कोषाध्यक्ष बिरवल योङहाङ, प्रचार सचिव भरत राई, मेचीनगर नगर अध्यक्ष सागर दर्जी, प्रचारसचिव खमबहादुर राई लगायत उपस्थित भई मृतक दिलकुमारी श्रेष्ठप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति धर्यधारण गर्ने क्षमता मिलोस भन्दै मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाद्वारा समवेदना पत्र हस्तान्तरण गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्