शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

शुक्रबारेमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 17 अक्टोबर 2020

शुक्रबारेमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा झापाको अायोजना र एमएनअो प्रवास सभा कतारको पूर्व अध्यक्ष अर्जुन स्याङ्बोको पहलमा अाज एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

अाज दिनाङ्क १७ अक्टोबर २०२० शनिबार शिवसताक्षी नगरपालिका वडा नं.-१ शुक्रबारेमा स्थानीय मंगोल शुभचिन्तक नरवीर तामाङको सभाध्यक्षता र संगठनका केन्द्रीय सचिव सन्तोष तामाङको प्रमुख अातिथ्यता र बैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङको विशेष अातिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तामाङले मंगोल राष्ट्रवादको विषयमा बिस्तृत रूपमा प्रशिक्षण प्रदान गरेका थिए । त्यस्तै विशिष्ट अतिथि देबेन्द्र साम्पाङ र अतिथि अर्जुन स्याङ्बोले पनि मन्तव्य राखेका थिए। जिल्ला प्रचार सचिव भरत राईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन भने मेचीनगर नगरसभाका सचिव सिनारा मेचेले गरेकी थिईन।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्