सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पर्वत शालिजामा एकदिने परिचयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न।

दिपक मंगाेल | 16 डिसेम्बर 2020

पर्वत शालिजामा एकदिने परिचयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न।

१५ डिसेम्वर २०२०, पर्वत शालिजामा एकदिने परिचयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न।
मंगोल नेशनल अर्गनाईजेशन पर्वत जिल्ला सभाको आयोजनामा मोदी गाउँपालिका वडा नं.४ स्थित सालिजा माध्यमिक विद्यालयको प्राङ्गणमा एकदिने परिचयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला सदस्य जगबहादुर पुन मगरको सभा अध्यक्षता र राजिव शेरपुन्जा मगरले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय मुलसचिव थम्मन बहादुर बुढामगर रहनु भएको थियो। 
विशिष्ट अतिथीहरुमा केन्द्रिय सदस्य लालकुमारी थापा मगर र गण्डकी प्रदेश अध्यक्ष नरबहादुर गुरुङ (नविन) रहनु भएको थियो, त्यसैगरी अतिथीहरुमा गण्डकी प्रदेश सदस्य रणबहादुर फगामी मगर, म्याग्दी जिल्ला दोस्रो अधिवेशन सभाका अध्यक्ष डि.के. पुनमगर, व्याधी गाउँपालिका पर्वतका अध्यक्ष ओलबहादुर गुरुङ, मालिका गाउँपालिका म्याग्दीका अध्यक्ष तेजिन्द्र जुग्जाली मगर, बेनी नगरपालिका अध्यक्ष प्रेम श्रीसमगर लगाएतका नेता कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा सुकबहादुर पुन मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने म्याग्दी जिल्ला दोस्रो अधिवेशन सभाका अध्यक्ष डिके पुन, गण्डकी प्रदेश सभा अध्यक्ष नरबहादुर गुरुङ (नविन), केन्द्रिय सदस्य लालकुमारी थापा लगाएतले आ–आफ्नो धारणा सहित शुभकामना मन्तव्य राख्नु भएको थियो।
मन्तव्यको क्रममा वक्ताहरुले पर्वत जिल्लालाई मंगोलमय बनाउन शुभकामना दिनुभएको थियो, साथै प्रदेश सभा अध्यक्ष नरबहादुर गुरुङ (नविन)ले वर्तमान अवस्थामा लोकतन्त्र विरोधी तत्वहरुले विभिन्न षड्यन्त्र रची चलखेलहरु गरिरहेको र लोकतन्त्रको विकल्प दरवार (राजा), कांगेस वा कम्युनिष्ट तन्त्र नभएको स्पष्ट पार्नु भयो। निकत भविष्यमा गण्डकी प्रदेशलाई मंगोलमय बनाएर लैजाने प्रतिबद्धता जाहेर गर्नु भएको थियो। केन्द्रिय सदस्य लालकुमारी थापामगरले मंगोल चेलीहरुलाई एम.एन.ओ. संगठनमा आवद्ध भई अग्रणी भूमिका निभाउन र मंगोलबाद दर्शनलाई फैलाउन आग्रह गर्नुभएको थियो।
 

पर्वत शालिजामा एकदिने परिचयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न।

प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक एम.एन.ओ. केन्द्रिय मुलसचिव थम्मन बहादुर बुढा मगरले वैचारिक क्रान्तिबाट मंगोलहरुलाई देशको शोषित हैन शासक बनाउनको निमित्त एम.एन.ओ.र मंगोल राष्ट्रबाद सम्वन्धी प्रशिक्षण दिनु भएको थियो। 
कार्यक्रम समापन गर्दै कार्यक्रमका अध्यक्ष जगबहादुर पुन मगरले सुतिरहेका मुलवासी मंगोलहरुलाई जगाउन अव पर्वत जिल्ला भव्य र सभ्व ढङ्गले अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।  
यसैविच १४ डिसेम्वर २०२० का दिन व्याधी गाउँपालिका वडा नं.१ पर्वतमा मंगोल नेशनल अर्गनाईजेशन  जिल्ला सभा पर्वतको आयोजनामा प्रमुख अतिथी एम.एन.ओ. मुल सचिव थम्मन बहादुर बुढामगर र विशिष्ट अतिथी गण्डकी प्रदेश सभा अध्यक्ष नरबहादुर गुरुङ(नविन) को उपस्थितीमा ओलबहादुर गुरुङको सभा अध्यक्षतामा एकदिने प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्