आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

शिवसताक्षीमा मंगोलवाद सम्बन्धी प्रशिक्षण

mongolvision | 9 अक्टोबर 2021

शिवसताक्षीमा मंगोलवाद सम्बन्धी प्रशिक्षण


झापा/ मंगोल नेशनल अर्गनाइजेशन झापा जिल्ला सभाको आयोजनामा शिवसताक्षी -८ स्थित शेर्मा टोलमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
उक्त कार्यक्रम एम. एन. ओ. झापा जिल्ला सभाका प्रचारप्रसार सचिव भरत राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य सान  मेचे ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु क्रमशः एम. एन. ओ. झापा जिल्ला सदस्य के. वी. तामाङ , कमल गाउँसभा सदस्य विजयहाङ लिम्बू , कमल -५ वडाध्यक्ष रञ्जन चाम्लिङ रहनुभएको थियो ।
कार्यक्रममा सान मेचेले मानव उत्पत्ति, अस्तित्व र पहिचान, मूलबासी, आदिवासी र जनाजातीको अर्थ, परिभाषा र असरको विषयमा लोक समुदायमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । मंगोल समुदायको हक, अधिकारको निमित्त अबको समय सम्पूर्ण मूलबासी मंगोल समुदायहरु मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध भएर कुखुराको भालेमा आफ्नो अमूल्य मत खसाल्न प्रशिक्षक मेचेले आव्हान गर्नुभयो । कार्यक्रममा रञ्जन चाम्लिङ, विजयहाङ लिम्बूले मन्तव्य राख्नुभएको थियो । स्थानीय मंगोल समर्थक उत्सव लिम्बूको सक्रियता तथा स्वागत मन्तव्य रहेको कार्यक्रम झापा जिल्ला सदस्य सागर दर्जीले सञ्चालन गरेका थिए ।

शिवसताक्षीमा मंगोलवाद सम्बन्धी प्रशिक्षण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्