शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

शनिश्चरेको रदुङ टोलमा एमएनओको प्रशिक्षण

Mongol Vision News | 22 फेब्रुअरी 2020

शनिश्चरेको रदुङ टोलमा एमएनओको प्रशिक्षण

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन मोरङ जिल्ला सभाको सक्रियतामा पथरी शनिश्चरे नगर पालिका ३ रदुङ टोलमा एक दिने मंगोलवाद बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    शनिबार फागुन १० गते संगठनका केन्द्रीय सदस्य सुरज फम्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा फोम्बो र मोरङ जिल्ला सभाका सचिव धन राज लिम्बूले संयुक्त रुपमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भयो । सो क्रममा उहाँहरुले मंगोलवाद के हो ? एमएनओले के चाहन्छ र हामी को हौ ? भन्ने बारेमा उपस्थित लोक समुदायहरुलाई बिस्तृत रुपमा अवगत गराउनु भयो । स्थानीय टोलबासीहरुको उल्लेखनीय रुपमा सहभागीता रहेको कार्यक्रम बिजय चाम्लिङको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगर सभा सचिव बिक्रम फेम्बुले कार्यक्रम संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्