शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

शनिश्चरे मा मंगोल प्रशिक्षण

mongolvision | 27 जनवरी 2022

शनिश्चरे मा मंगोल प्रशिक्षण


       मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरीशनिश्चरे नगरसभाको आयोजनामा पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ स्थित शनिश्चरे बजारमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ.  पथरीशनिश्चरे नगरसभाका अध्यक्ष पुनम साम्पाङ राईको सभाध्यक्षतामा एवं नगरसभाका सल्लाहकार बिक्रम फेम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई प्रमुख अतिथि फेम्बुले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको समय सम्पूर्ण मूलबासी मंगोलहरु मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध भएर आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको निमित्त लड्नुपर्ने र आउँदो चुनावमा  कुखुराको भालेमा मतदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रममा नगरसभाका कोषाध्यक्ष गणेश घलेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव रामचन्द्र गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्