शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

टुकराङ टोल सभाको अधिवेशन सम्पन्न

Mahendra Thapa | 3 मार्च 2020

टुकराङ टोल सभाको अधिवेशन सम्पन्न

गोरखा/  मंगोल नेशनल अर्गनाइजेशन टुकराङ टोलको वडा अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न भएको छ ।

    श्याम थिङको सभाधक्ष्यता र एमएनओ गण्डकी प्रदेश सभाका सदस्य मंगल सिंह गुरुङको प्रमुख आतिथ्यतामा गोरखा जिल्लाको बारपाक सुलिकोट वडा नं. ४, टुकराङमा सभ्य र भव्य रुपमा टुकराङ टोल सभाको अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको विशिष्ट अतिथिमा एमएनओ गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगर हुनुहुन्थ्यो । त्यस्तै अन्य अतिथिहरुमा एमएनओ जिल्ला सभा गोरखा अधिवेशन मुलआयोजक सभाका संयोजक गङ्गा राना मगर, सह सचिव मान बहादुर गुरुङ, सदस्यहरु तेम्बा ग्याल्जेन, राम लामा, अनिता तामाङ र बारपाक सुलिकोट गाउँ सभाका अध्यक्ष तुल बहादुर गुरुङ र कमान सिंह गुरुङ रहनु भएको थियो । गत मार्च 1 तारिखका दिन सम्पन्न भएको बन्द शत्रबाट निर्विरोध रुपमा श्याम थिङ्को अध्यक्षतामा १० सदस्यीय बारपाक सुलिकोट वडा नं.४ को टुकराङ टोल सभा मनोनयन भएको थियो । जसको सचिवमा धन बहादुर बराम चयन हुनुभएको थियो भने सदस्यहरूमा विलबल गुरुङ, सुकुमाया बराम, पुर्ण बहादुर बराम, कमला गुरुङ, उदय बराम, सुक बहादुर बराम, बुद्ध माया बराम, सुक बहादुर तामाङ र आइत बराम निर्वाचित भएका थिए । कार्यक्रममा अतिथिज्युहरुले निर्वाचित भएका टोल सभाका सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना प्रदान गर्नु भएको थियो । अधिवेशनका प्रमुख अतिथि गुरुङले नेपालका मुलवासी मंगोलहरुलाइ राजनैतिकरुपमा चेतनशिल बनाइ बनाइ अस्तित्व सहित बाँच्न सिकाउने एक मात्र संगठन एमएनओ रहेको कुरा बताउनु भएको थियो । विशिष्ट अतिथि थापाले उपस्थित भेलालाई सम्बोधन गर्नुहुदै नेपालमा बुद्ध दर्शनको समानता, स्वतन्त्रता र भातृत्वलाइ लिएर अगाडी बढेको लोकतान्त्रिक सङ्गठन मंगोल नेशनल अर्गनाइजेशन मात्र मंगोल मुक्तिको अन्तिम विकल्प रहेको कुरामा जोड दिनु भएको थियो । अधिवेशनको खुल्ला सभा प्रेम बरामले सन्चालन गर्नु भएको थियो भने सुक बहादुर तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्