बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तुल्सिपुरमा एक दिने प्रशिक्षण सम्पन्न

mongol vision | 3 अगस्ट 2021

तुल्सिपुरमा एक दिने प्रशिक्षण सम्पन्न

दाङ/ मंगाेल नेशन अर्गनाइजेशन जिल्ला सभा दाङको अायाेजनामा तुल्सिपुर उप-महानगर पालिका वाड नम्बर ५ बाैंद्व गुम्बा प्रगतिशील टाेलमा मंगाेल र मानव अस्तित्व सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम भएको छ ।

सोमबार जिल्ला सभा अध्यक्ष प्रितम चाैधरीको अध्यक्षता र लुम्बिनी प्रान्तीय सभाका सदस्य घनश्याम चाैधरीको प्रमुख आतिथ्यता एवं प्रदेश सभा सदस्य दिपा चाैधरीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि चौधरीले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाँले एम एनओको सिद्धान्त र उदेश्य माथी प्रकाश पार्नु भयो । त्यस्तै मुलबासी मंगोलहरु अब एम एनओमा लाग्नुको बिकल्प नभएको बताउदै एक हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा धरम घर्ती मगर, राज बहादुरी घर्ती मगर, भिम प्रकाश झाँक्री मगर, जिल्ला सह-सचिव जितन पुन लगायतले पनि एम एनओको बारेमा बताउनु भएको थियो । प्रशिक्षण कार्यक्रममा जिल्ला सभा दाङका सल्लाहकार धनसरी राेका मगर, हिरासरी मगर, बसन्त बुढाथोकी मगर, अम्मर बुढा मगर, विश्वज्याेति थापा मगर, शेर बहादुर घर्ती मगर लगायतको उपस्थिति रहेको थियो । अन्य उपस्थितिमा एम एनओ जिल्ला सभा दाङका काेषाध्यक्ष मन बहादुर पुन मगर, सह-सचिव जितन पुन मगर, सदस्य जिउधन चाैधरी, धरम घर्ती मगर, कुमार घर्ती मगर, लेख बहादुर कुमाल, रेशम चाैधरी, ज्याेति राेका मगर, डम बहादुर छन्त्याल, धर्म बहादुर चाैधरी, प्रकाश चाैधरी लगायतको उपस्थिति रहेको थियो । रमिता चाैधरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सचिव प्रिन्स घर्ती मगर ज्युले सञ्चालन गर्नुभएको थियाे । यसै बीच कार्यक्रम कै अवसर पारेर देब बहादुर रोक्का मगरको अध्यक्षतामा २९ सदस्यीय तदर्थ तुलसिपुर उप-महानगर सभा गठन भएको छ ।

उप-महानगर सभाको सचिव अमर चाैधरी, सह-सचिव पबित्रा घर्ती मगर, काेषाध्यक्ष खिम बहादुर छन्त्याल रहनु भएको छ भने सदस्यहरुमा भिम बहादुर बुढा मगर, नरेन्द्र थापा मगर, ओम प्रकाश बुढा मगर, निर्मल चाैधरी, कालुराम चाैधरी, प्रकाश परिवार, अरुण चाैधरी, मान बहादुर चाैधरी, राज कुमार बादी, हरि बहादुर चाैधरी, नरेन्द्र चाैधरी, टेक बहादुर चाैधरी, कृष्ण चाैधरी, अमृता कुमारी बिक, सरस्वती चाैधरी, साैरब गुरुङ, हरि प्रसाद चाैधरी, ललिता बुढा मगर, राम कुमारी झाँक्री मगर, ज्ञान बहादुर पुन मगर, बेदराम परिवार र सल्लाहकारमा श्रिप्रशाद छन्त्याल, जया घर्ती मगर बिष्णु पुन मगर रहनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्