आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तिलोत्तमाको बिजयनगरमा एम एनओ

mongolvision | 20 अक्टोबर 2021

तिलोत्तमाको बिजयनगरमा एम एनओ


सिर्जना गुरुङ
रूपनदेही/ रुपन्देहीको तिलोत्तमा नगर पालिका वाड न १२ मा मंगोल नेशनल अर्गनाइजेशनको तदर्थ वाड सभा निर्माण भएको छ ।
तिलोत्तमा नगरसभाको आयोजनमा तिलोत्तमा नगरका अध्यक्ष चित्र बहादुर  गुरुङको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय सदस्य साथै मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रिकाका पश्चिम बजार ब्यवस्थापक  शिब बहादुर गुरुंङज्युको  प्रमुख आतिथ्यतामा २० अक्टोबर बुधबार  निजयनगरमा  एकदिने मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण पश्चात्  धन नारायण चौधरीको  अध्यक्षतामा १२ सदस्य तदर्थ वाड सभा गठित भएको छ।
उक्त कार्यक्रममा बिशिष्ट  अतिथि मंगोल नेशनल अर्गनाइजेसन लुम्बिनी प्रदेश  सभाका सदस्य बुद्धिसागर थारु हुनुहुन्थ्यो भने अन्य  अतिथिहरुमा लुम्बिनी प्रदेश सभाका सदस्य कर्ण बहादुर गुरुङ ,बीर बहादुर गुरुंङ त्यसै रुपन्देही  ज़िल्लासभाका अध्यक्ष कुलबीर घर्ती मगर र  बरिष्ट सदस्य खड्क मिलन मास्की मगर हुनुहुन्थ्यो । सभाका प्रमुख अतिथि गुरुंङज्युले उपस्थित  मुलवासी मंगोल समुदायका सम्पुर्ण व्यक्तित्वहरुलाई नेपालको ऎतिहासिक सत्य तथ्य कुराहरुलाई प्रष्ट्याउदै अब मंगोल नेशनल अर्गनाईजेशन बाहेक अन्य कुनै  राजनैतिक  संगठन या पार्टीहरूले  मूलवासी मंगोलको अस्तित्व दिन सक्दैन त्यसैले सम्पूर्ण मूलवासी मंगोलहरु  अब आफ्नो मूलघर मंगोल नेशनल अर्गनाईजेशनलाई  चिनेर आबद्ध हूनुपर्छ भन्नु भएको छ  र राजनीति र मानव अस्तित्व साथै मंगोल राष्ट्रवाद सम्बन्धि पनी प्रस्टाउनु भएको थियो ।उक्त कार्यक्रमका प्रशिक्षक लुम्बिनी प्रदेश सभाका सदस्य बीर बहादुर गुरुङज्यूले उपस्थित मंगोल महानुभावहरूलाई मंगोलको अस्तित्व ,मानबको उत्पत्ति तथा ईतिहास ,मंगोल नेशनल अर्गनाईजेशनको बिषयमा प्रशिक्षण दिनु भएको थियो ।उक्त कार्यक्रममा  रूपनदेही जिल्ला सभाका अध्यक्ष कुलबिर घर्ती मगरले आफ्नो मन्तव्य राख्नु भएको थियो।
धन नारायण चौधरीको  सभाधक्ष्यतामा गठित तदर्थ  सभाको सचिबमा रबिना गुरुङ , कोषाध्यक्षमा दिपा मगर , सह सचिबमा करुना गुरूङ ,प्रचार प्रसार सचिबमा पुन्य थारु रहनुभएको छ र अन्य सदस्यहरुमा गुड्डु बि.क, गोविन्द थारु , झमन सिंह आले मगर, पल्टु थारु ,डिल कुमारी गुरुङ , कृष्ण बहादुर बि.क , चन्द्र कुमारी गुरूङ , कृष्ण हरिजन  हुनुहुन्छ । वाड सभाका पदाधिकारीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
              कार्यक्रममा स्वागत मन्तव्य नेत्र  गुरुङले गर्नु भएको थियो भने  सञ्चालन सृजना  गुरुङले गरेकि थिएन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्