बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तिलोत्तमा नगरपालिकामा एम एनओको प्रशिक्षण

mongol vision | 4 सेप्टेम्बर 2021

तिलोत्तमा नगरपालिकामा एम एनओको प्रशिक्षण

रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन रुपन्देही जिल्ला सभाको सक्रियतामा २०२१ सेप्टेम्बर ४ शनिबारका दिन तिलोत्तमा नगरपालिका वार्ड नम्बर ११, आमा समुहको भवनमा एक दिने मूलवासी मंगोल सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

एम एनओ जिल्ला सभा रुपन्देहीका अध्यक्ष कुलवीर घर्ति मगरको सभाध्यक्षतामा र संगठनका केन्द्रिय सदस्य तथा मंगोल भिजन रास्ट्रीय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक शिव बहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथि गुरुङले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणको क्रममा उहाँले आदिवासी बाहिरबाट आउनेलाई भनिन्छ भने मूलवासी यहि देशमा उत्पति भएको भनेर जनाउछ र यो देशका मूलवासी मंगोल हो भन्दै मंगोलावाद के हो र एम एनओले देशमा के चाहान्छ भन्ने बारेमा सहभागीहरुलाई प्रष्ट पारिदिनु भएको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य चन्द्रकुमारी गुरुङ, लुम्बिनी प्रदेश सभा सदस्य विर बहादुर गुरुङ, जिल्ला वरिष्ठ सदस्य मिलन राना लगायतले मूलवासी मंगोल सम्बन्धि धेरै कुराहरु बताउनु भएको थियो । भने उक्त कार्यक्रम जिल्ला सदस्य वाशुदेव नेपालीले सञ्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्