शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तेमाल गाउँ सभाको प्रथम अधिबेशन सम्पन्न

mongolvision | 28 नोभेम्बर 2021

तेमाल गाउँ सभाको प्रथम अधिबेशन सम्पन्न


काभ्रे / मंगोल नेशनल अर्गनाइजेसन तेमाल गाउँपालिका प्रथम ऐतिहासिक अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम सम्पन्न भएको छ ।
27 नोभेम्बर 2021 सनिवार ऎतिहासिक प्रथम तेमाल गाउँ  अधिवेशन मुल आयोजक  संयोजक दुर्गालाल तामाङको सभाध्यक्षता रसंगठनका  केन्द्रिय सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा तेमाल गाउँपालिका वडा नं ४ स्थित मौरे स्वास्थ चौकीको प्राङ्गणमा मुलबासी मंगोलहरुको उल्लेख्य सहभागितामा भव्यताको साथ सम्पन्न भएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी तामाङले मुलबासी मंगोलहरुले ड गोपाल गुरुङ ज्युले जीवन समर्पित गरेर बचाउनुभएको विरासत मंगोल नेशनल अर्गनाइजेसनले उठाउँदै आएको मुद्दाहरुलाइ आत्मसात गरेर अबको दिनहरूमा आउँदो पुस्ताहरुलाई धनबल र बुद्धिबलले परिपुर्ण बनाउन र भावी सन्ततिले गर्व गर्न लायक सुनौलो इतिहास रच्ने  बाटोमा लाग्न अभिप्रेरित गर्नुभयो त्यसैगरी कार्यक्रममा विशेष अतिथी केन्द्रिय सदस्य जोनि मंगोल विश्वकर्मा अतिथी केन्द्रिय सदस्य प्रबिना थापा मगरले शुभकामना मन्तव्य दिनुभयो।त्यसैगरी कार्यक्रममा बागमती प्रदेश अधिवेशन मुल आयोजक सभाको संयोजक राजेन्द्र तामाङ,सचीव सालिक थापा मगर,कोषाध्यक्ष कुमार तामाङ प्रचार सचिब कर्म तितुङ, त्यसैगरी रसुवा जिल्ला अध्यक्ष विकास तामाङ,काभ्रे जिल्ला अध्यक्ष कमल तामाङ लगायत विभिन्न जिल्लाहरुबाट आउनुभएको प्रतिनिधिहरुले निर्वाचित पदाधिकारीहरुलाइ शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

अधिवेशन खुल्ला घोषणा सभामा  बन्द सत्रबाट दुर्गालाल तामाङ अध्यक्ष मा सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको थियो। कार्यक्रमलाई संगीतमय बनाउन मंगोल गायक सन्तोष कुमार तामाङले मंगोल गीतहरु गाउनुभएर मनोरञ्जन प्रदान गरेको थियो।कार्यक्रममा राजकुमार तामाङले स्वागत मन्तव्य दिएर प्रदिक्षा तामाङ कार्यक्रम संचालन गरेकी थिइन।

तेमाल गाउँ सभाको प्रथम अधिबेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्