सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तिनाउमा एम.एन.अाे काे एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Baneera Meche Mongol | 7 जनवरी 2019

तिनाउमा एम.एन.अाे काे एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

पाल्पा/मंगोल नेशनल अर्गनाइजेसन पाल्पा जिल्लाको तिनाउ गाउपालिकामा टोल सभा गठन साथै मंगोल विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पुष २२ गते पाल्पाको तिनाउ गाउपालिका वडा न.२ सालवासमा पाल्पा जिल्ला अध्यक्ष तोप खाम्चाको अध्यक्षता एवम् संगठनका केन्द्रीय मुलसचिव थम्मन बुढामगरको प्रमुख अातिथ्यता र केन्द्रीय सदस्य कल्पना थापामगरको विशिष्ट अातिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रीय सदस्य केशु रासकोटी,धनीसरा गाहा र ५ न. प्रदेश सभाका सदस्य सुमित्रा थापामगर लगायतको अातिथ्यता रहेको थियो। पाल्पा जिल्ला सभा र ५ न. प्रदेश सभाका सदस्य सुमित्रा थापामगरको पहलमा भएको उक्त प्रशिक्षण कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि संगठनका केन्द्रीय मुलसचिव थम्मन बुढामगरले मंगोल अस्तित्व र युग पुरुष अमर डा. गोपाल गुरुङको मंगोल राष्ट्रवादको विषयमा प्रशिक्षण प्रदान गर्नु भएक‍ो थिय‍ो। अन्य अतिथिहरुले पनि संगठनको विषयमा र एमएनअोले गरेको राजनीतिको विषयमा अा- अाफ्नो धारणा राख्नु भएको थियो। प्रशिक्षण कार्यक्रमकै क्रममा यार्सा थापा दर्लामी मगरको अध्यक्षतामा १३ सदस्य सालवास टोल सभा गठन भएको छ। जसमा सचिव,कोषाध्यक्ष र सहसचिवमा क्रमश: पवन बहादुर गाहा,मुना सोमै र ईश्वर बहादुर बगाले रहेका छन् । त्यस्तै सदस्यहरुमा तमु बहादर गाहा, नवीन बहादुर गाहा, हुम बहादु राना, दिपा अाले, सीता शेरचन, मनिसा राना, अारती लाम्तानगे र विमला गाहा रहेका छन् । कार्यक्रमलाई संगठनका केन्द्रीय सदस्य लाल बहादुर दर्लामीले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्