शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ताप्लेजुङको फेम्बुमा मंगोल प्रशिक्षण

mongolvision | 17 डिसेम्बर 2021

ताप्लेजुङको फेम्बुमा मंगोल प्रशिक्षण


ताप्लेजुङ/ मंगोल नेशनल अर्गनाईजेशन ताप्लेजुङ जिल्ला सभाको आयोजनामा ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ -६ स्थित फेम्बुमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक मन बहादुर तामाङको अध्यक्षतामा एवं एम. एन. ओ. प्रदेश नम्बर १ का प्रचारप्रसार सचिव उत्तम पुलामी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथि पथरी शनिश्चरे नगरसभा, मोरङका निवर्तमान सचिव बिक्रम फेम्बुले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि उत्तम पुलामीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको क्रममा अबको समय आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको निम्ति सबै मंगोलहरु मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनुपर्ने कुरा उहाँले गर्नुभयो । उक्त कार्यक्रम ताप्लेजुङ कोषाध्यक्ष बिमल काम्बाङ लिम्बुले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्