शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ताप्लेजुङको फक्तालुङमा एम एनओको वडा सभा गठन

mongolvision | 4 अप्रिल 2022

ताप्लेजुङको  फक्तालुङमा एम एनओको  वडा सभा गठन


ताप्लेजुङ / मंगोल नेशनल अर्गनाइजेशन ताप्लेजुङ जिल्ला सभाको आयोजनामा फक्तालुङ गाउँपालिका वडा नं. ३ स्थित लिङखिममा एम. एन. ओ. फक्तालुङ-३ वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक लाल बहादुर लिम्बूको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय प्रचारप्रसार सचिव मणि पापोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य छविन्द्र स्याङ्बो रहनुभएको थियो भने अतिथिमा जिल्ला सदस्यहरु सागर शेर्पा, मोहन गुरुङ , रिया शेर्पा रहनुभएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि पापोले एम. एन. ओ. को राजैनितिक पृष्ठभुमि, अवाश्यकता र उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणकै दौरानमा उहाँले मुलुकको दिगो विकास र समृद्धिको निम्ति अबको निर्वाचनमा भाले चिन्हमा मतदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । 
कार्यक्रमकै बिच लाल बहादुर लिम्बूको अध्यक्षतामा १२ सदस्यीय एम.एन.ओ. फक्तालुङ -३वडा सभा गठन भएको हो।सचिव, कोषाध्यक्षमा क्रमशः सञ्च बाहादुर लिम्बू,लालाहाङ लिम्बू, सदस्यहरुमा रोशन लिम्बू, मिलन लिम्बू, नवीन लिम्बू, आशा लिम्बू, दिल कुमारी लिम्बू, बाल कुमारी लिम्बू, अमृत धिमाल, मान बहादुर लिम्बू र गजेन्द्र लिम्बू रहनुभएको छ । स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सप्पन्न उक्त कार्यक्रम ल्हाकी शेर्पाले सञ्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्