बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ताप्लेजुङमा एकदिने मंगोलराष्ट्रवाद बारे प्रशिक्षण

mongolvision | 11 डिसेम्बर 2021

ताप्लेजुङमा एकदिने मंगोलराष्ट्रवाद बारे प्रशिक्षण


ताप्लेजुङ / मंगोल नेशनल अर्गनाइजेसन जिल्लासभा ताप्लेजुङको आयोजनामा फुङ्गलिङ नगरपालिका अन्तर्गत  बिरेन्द्रचोक स्थित उद्योग बाणिज्यहलमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।
ताप्लेजुङ जिल्लासभाका अगुवाइ मंगोल नेता सन्त कुमार लिम्बुमको अध्यक्षतामा सम्पन्न उक्त मंगोल प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एमएनओ केन्द्रिय सभाका प्रचारप्रसार सचीव मणि पापो लिम्बु रहनु भएको थियो भने मुख्य प्रशिक्षकमा केन्द्रिय सर्वोच्चसभा सदस्य श्याम बहादुर लिम्बु , अन्य अतिथिहरु केन्द्रिय सदस्यद्वय  राज कुमार गुरुङ , छबिन्द्र गुरुङ ,१ नं प्रदेश सभा प्रचारप्रसार सचीव उत्तम पुलामी मगर , पथरी शनिश्चरे नगरसभाका निबर्तमान सचिव बिक्रम फेम्बु लिम्बु रहनुभएको थियो ।
मुख्य प्रशिक्षक श्याम लिम्बूले उपस्तिथि मंगोल समुदायलाई यो देश हामी मुलवासी मंगोलहरुको भएकोले बाहुनक्षेत्रीहरुले बिकास गर्न चाहेनन् यसर्थ अब फेरि त्यही धोखेबाज बाहुनक्षेत्रीलाई जिताएर गल्ती नगर्न सचेत रहन आव्हान गर्दै  अबको जुनसुकै नामको चुनावमा मंगोल नेशनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरि यहीँ देशको मुलवासी मंगोल लिडरहरुको हातमा  शासन सत्ता हस्तान्तरण  गर्नुपर्ने आवश्यकता रहेकोे बताउनु भएको थियो । यस्तै प्रमुख अतिथि मणि पापो लिम्बूले षडयन्त्रकारी बाहुनक्षेत्रीहरुले राजनीति पावर हातमा लिएर यहाँका मुलवासीहरुलाई आदिवासी जनजातीको कार्ड भिराएर अन्तर्राष्ट्रिय जगतमा रेकर्ड बनाउदै भोलि हाम्रो सन्तान दरसन्तानलाइ  यो देशबाट लखेट्ने योजना बनाउदै गरेकोले बेलैमा हामी  मुलवासी मंगोलहरु सचेत बनी त्यस्तो अभियान सख्त रूपमा बहिष्कार गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य छबिन्द्र गुरुङ्ग ,१ नं प्रदेशका प्रचारप्रसार सचीव उत्तम पुलामी मगरज्युले पनि आ-आफ्नो  धारण राख्नुभएको थियो ।
दर्जनौं लिम्बू संस्कृति झल्काउने  कलाकारहरुको मंगोल निर्त्य , च्याब्रुङ्ग नाच सहित सौहार्दपुर्ण वातावरणमा सु सम्पन्न भएको उक्त कार्यक्रमलाई मोहन गुरुङ्गले स्वागत गरेका थिए भने सीता लिम्बुले संचालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्