बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

त्रिशुलीको ढाेरनिमा मंगोलको प्रशिक्षण

Mongol Vision News | 18 फेब्रुअरी 2019

त्रिशुलीको ढाेरनिमा मंगोलको प्रशिक्षण

             काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन नुवाकोट जिल्ला सभाको आयोजना त्रिशुली बजारको ढाेरनिमा एकदिने मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

त्रिशुलीको ढाेरनिमा मंगोलको प्रशिक्षण

             विदुर नगरपालिका-१ त्रिशुली बजार ढाेरनियामा फेब्रुअरी-१६ का दिन संगठनका केन्द्रिय सदस्य कासिमा तामाङको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। एम एनओ प्रदेश नं. ३ का सदस्य पुष्पा तामाङको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई केन्द्रीय सदस्य कासिमा तामाङले उपस्थित जनसमुदायहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षण प्रदान गर्ने क्रममा उहाले मंगोल नेशनल अर्गनाइजेसनको राजनीतिक धारणा र डा.गोपाल गुरुङको मंगोल रास्ट्रवाद बारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा प्रदेश नं. ३ का सदस्य दिलमान तामाङ र नुवाकोट जिल्ला सभाका सचीव प्रदीक्षा तामाङले पनि आ-आफ्नो धारणा राख्दै एम एनओको विषयमा बोल्नुभएको थियो। त्रिशुली क्षेत्रका मुलबासी जनताहरुको उल्लेखनीय रुपमा कार्यक्रममा सहभागीता रहेको थियो।

                             यसै बीच प्रशिक्षण कार्यक्रमकै अवसर पारेर शेर बहादुर तामाङको अध्यक्षतामा १२सदस्यीय तदर्थ बिदुर नगरपालिका वाड नं. १ वडा सभा समेत गठन गरिएको छ। जसको सचीव,कोषाध्यक्ष र सहसचीवमा क्रमशः फुलमाया तामाङ, शुकबहादुर तामाङ र दावा तामाङ रहेकाछन भने सदस्यहरुमा सिन्दा बहादुर तामाङ, प्रतिभा तामाङ, श्रीमाया तामाङ,चर्को तामाङ, सर्मिला तामाङ, माया तामाङ, सुची तामाङ र सम्झना तामाङ रहेका छ्न।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्