शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तेस्रो ऎतिहासिक बुद्धशान्ति गाउँसभा अधिवेशन सम्पन्न

mongolvision | 20 नोभेम्बर 2021

तेस्रो ऎतिहासिक  बुद्धशान्ति गाउँसभा अधिवेशन सम्पन्न


सागर मंगोल
       झापा / मंगोल नेशनल अर्गनाइजेशन बुद्धशान्ति गाउँ सभाको तेस्रो ऐतिहासिक अधिवेशन बुद्दशान्ति गाउँ  पालिका वाड न ४ स्थित नमुना प्रा. वि. को प्राङ्गणमा मंसिर  ४ गते सनिवार सम्पन्न भएको छ । तेस्रो बुद्धशान्ति गाउँसभा अधिवेशन मूल आयोजक सभाका संयोजक  छत्र लिम्बूको सभाध्यक्षतामा एवंम एम. एन. ओ. केन्द्रिय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा खुल्ला सभा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि एम. एन. ओ. केन्द्रिय सदस्य अकल तामाङ रहनुभएको थियो भने अतिथिहरुमा केन्द्रिय सदस्यहरु श्याम लिम्बू, मंगल सिंह लिम्बू, सत्यकला नेम्बाङ , केन्द्रिय सल्लाहकारहरु पदम नेम्बाङ , दिल बहादुर लिङखिम , १ नम्बर प्रदेश सभा सदस्यहरु रुद्र राई, खड्ग बहादुर तामाङ, बुद्धमाया फुरुम्बो, झापा जिल्ला सभाका निवर्तमान अध्यक्ष, सचिव, सहसचिव, प्रचारप्रसार सचिव क्रमश:  लासिहाङ मंगोल, बानिरा मेचे, श्रीप्रसाद लिम्बू, भरत राई झापा जिल्ला सभाका निवर्तमान सदस्यहरु राम चेम्जोङ, बुद्द केदेम,  सागर दर्जी, सागर मंगोल, छविन्द्र स्याङबो, कृतिमान राई, चन्द्रहाङ लिम्बू , मेचिनगर सभा अध्यक्ष सिनारा मेचे, कमल गाउँसभा अध्यक्ष प्रेम लिम्बू, भद्रपूर नगर अध्यक्ष रावण मंगोल, दमक नगर सभा अध्यक्ष दिपेश राई रहनुभएको थियो ।
          कार्यक्रम सुरु हुनु अधि  नमुना प्रा. वि. को  प्राङ्गण बाट  विभिन्न मंगोल नारा लगाउदै एक बृहत र्याली जुनेली बस्ती परिक्रमा पुन कार्यक्रम स्थल आएको तियो । उक्त अधिवेशनबाट मोहन सिंह लिम्बूको अध्यक्षतामा २१ सदस्यीय गाउँ सभा गठन भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमश: समीर सुब्बा, इक्सा फुरुम्बो, महेश योङहाङ रहनुभएको छ भने सदस्यहरुमा रोश्नी देवा, शुगराज लङवा, संगिता लिम्बू, वर्षा लिम्बू , श्याम जबेगु, जय बहादुर चेम्जोङ, मोहनवीर लोङवा, तर्क राज राई, पृथ्वी राज लिङखिम, अजय मोक्तान, अविशेक थेवे, सन्तहाङ लिम्बू, रोश्नी केदेम, लक्ष्मण राई, पारुहाङ नेम्बाङ, अमृता ल्वागुत र टंक बाहादुर गुरुङ रहनु भएको छ । कार्यक्रममा नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथि तामाङले सपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा अतिथिहरु दिपेश राई, प्रेम लिम्बू, रावण मंगोल, सिनारा मेचे, लासिमहाङ मंगोल, रुद्र राई, श्याम लिम्बूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तामाङले मूलबासी मंगोलहरु सिंहका सन्तान भएकाले बिरालो जस्तो भएर बाच्न नमिल्ने र आफ्नो अस्तित्व प्राप्तिका निम्ति सिंहको गर्जन गर्जिएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । मंगोल नृत्य, गायन लगायत विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई इक्सा फुर्म्बोले स्वागत मन्तव मार्फत स्वागत गरेकी थिइन भने मोहन सिंह लिम्बूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तेस्रो ऎतिहासिक  बुद्धशान्ति गाउँसभा अधिवेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्