मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तेस्रो रुपन्देही जिल्ला सभा अधिबेशन भब्य रुपमा सम्पन्न

mongol vision | 20 मार्च 2021

तेस्रो रुपन्देही जिल्ला सभा अधिबेशन भब्य रुपमा सम्पन्न

बुटवल/ मंगोल नेशनल अर्गनाइजेशन रुपन्देही जिल्ला सभाले आफ्नो तेस्रो जिल्ला अधिबेशन भब्य र सभ्य रुपमा सनिवार सम्पन्न भएको छ ।

रुपन्देहीको बुटवल उपमहानगर पालिका ११ स्थित बाणिज्य क्याम्पसको सभा हलमा तेस्रो रुपन्देही जिल्ला सभाको घोषणा सभा सम्पन्न भएको हो । तेस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक खडक मास्किको सभाध्यक्षता एवं संगठनका केन्द्रीय मुल सचिव थम्मन बहादुर बुढा मगरको प्रमुख अतिथी र केन्द्रीय प्रवक्ता दिलिप धिमालको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अतिथिहरुमा केन्द्रिय सदस्यहरु कल्पना थापा, केशु रास्कोटी, शिबजित गुरुङ, आयुस बि.क., राज छन्त्याल, करण सिंह नेपाली, तेज कुमारी आले, चन्द्र कुमारी गुरुङ, पम्फा सिंजाली, लुम्बिनी प्रदेश सभाका अध्यक्ष दिपक थापा, गण्डकी प्रदेश सभाका सह-सचिब अनिता थापा, सल्लाहकार देब थापा, तनहु जिल्ला सह-सचिव सुस्मा आले लगायत रहनु भएको थियो । तेस्रो जिल्ला अधिबेशनको घोषणा सभा कार्यक्रम सुरु हुनु अघि राज मार्ग चौराह बाट हजारौंको संख्यामा सहभागी मंगोलजन समुदायहरुले लोकतन्त्र हाम्रो प्राण हो, धर्मनिरपेक्ष हाम्रो मुटु हो, प्रान्तीयता हाम्रो अंग हो, एम एनओ जिन्दावाद, मानव अधिकार लागू गर, वर्ण भेदी निति अन्तय गर, संबिधानमा मुलबासी मंगोल लेख, मंगोल मंगोल एक हौँ, डा.गोपाल गुरुङ अमर रहुन, चन्द्र सुर्य अन्कित अराष्ट्रिय झन्डा बदली गर, हिन्दी र अंग्रेजीलाई सम्पर्क भाषाको मान्यता दे, तेस्रो रुपन्देही जिल्ला अधिबेशन सफल पारौ जस्ता नारा लगाउँदै मिलन चोक हुँदै कार्यक्रम स्थान पुगेको थियो । कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय मुल सचिब बुढा मगरले संगठनको पाँच क्रान्ति झल्कने पाच मैन बत्ती बालेर उद्घाटन गर्नु भएको सभामा जिल्ला सदस्य हुमा गुरुङले सहभागी सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथी बुढा मगरले डा.गोपाल गुरुङको मंगोलवाद दर्शनले सत्य तथ्य र बास्ताबिक कुरा बाहिर आएकोले बाहुनछेत्रीलाई अप्ठ्यारो परेको भन्दै अब मंगोलबादले ८० प्रतिशत मुलबासी मंगोलहरुको अवस्तिथ्व स्थापित गरि छाड्ने बताउनु भयो । त्यस्तै उहाँले अब मंगोलहरुको जित हुँदै जाने दाबी गर्नु भयो । त्यस्तै गरि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय प्रवक्ता धिमालले मंगोलहरु प्रती बाहुन छेत्रीहरुले गर्ने षडयन्त्रहरु काम नलाग्ने बताउँदै निडर बनेर संगठनको काम गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । घोषणा सभा कार्यक्रममा केन्द्रीय सदस्यहरु कल्पना थापा, केशु राजकोटि, आयुस बि.क., शिव जित गुरुङ, राज छन्त्याल र लुम्बिनी प्रदेश सभा अध्यक्ष दिपक थापा लगायतले पनि आ-आफ्नो मन्तव्य राख्नुहुँदै नव निर्बाचित जिल्ला पदाधिकारीहरुलाई कार्यकालको शुभकामना दिनु भएको थियो ।

तेस्रो रुपन्देही जिल्ला सभा अधिबेशन भब्य रुपमा सम्पन्न

कार्यक्रममा मंगोल कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । तेस्रो जिल्ला सभा कार्यक्रम सन्तोष बि.क.ले सञ्चालन गरेका थिए । मंगोल नेशनल अर्गनाइजेशन तेस्रो रुपन्देही जिल्ला सभाको बन्द सत्रले कुल वीर घर्ती मगरको अध्यक्षतामा ३८ सदस्य जिल्ला सभा सर्बसहमतिले गठन भएको छ । जसको सचिब, कोषाध्यक्ष, सह-सचिबमा क्रमश: सलोन चिडी, प्रेम अदै मगर र हिरा गुरुङ रहनु भएको छ । वरिष्ठ सदस्यहरुमा सन्तोष बि.क., खड्क मास्की, हुमा गुरुङ, मेष बहादुर गाहा रहनु भएको छ । अन्य सदस्यहरुमा चब्द्र गुरुङ, लेख थापा, खेम थापा, तेज आले, अमर सिह बि क,रनमाया थापा, सुर्य गुरुङ , पिन बहादुर दर्जी, रन बहादुर रेगामी, टुक बहादुर तिलिजा, राम माया राना, सीता थापा, बिशन गुरुङ, मंगल लाल गुरुङ, लिल बहादुर गुरुङ, बासुदेब नेपाली, गङग थापा, इन्द्र बहादुर नेपाली, केसरी थापा, लाल कुमारी बुढा मगर, सुशील थापा र राजन थापा रहेका छन् भने ज्ञान बहादुर गुरुङ, गुप्त बहादुर थापा, पर बहादुर गुरुङ, प्रेम बहादुर गुरुङ, टक बहादुर गुरुङ, ओम प्रकाश गुरुङलाई जिल्ला सल्लाहकारमा नियुक्ति गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्