मङ्गलबार 30 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनँहुको रानागाउँमा एम.एन.ओ. को प्रशिक्षण साथै टोलसभा गठन

mongolvision | 28 मार्च 2022

तनँहुको रानागाउँमा एम.एन.ओ. को प्रशिक्षण साथै टोलसभा गठन


तनहुँ / मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँसभाको आयोजनामा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित रानागाउँमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रम एम. एन. ओ. आबुखैरेनी गाउँसभाका कोषाध्यक्ष माया गुरुङको सभाधक्ष्यता एवं संगठनका केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु जिल्ला सभा तनहुँका सदस्यहरु कुमार काजी तमु, याम गुरुङ , तुल बहादुर गुरुङ हुनुहुन्थ्यो । 
प्रमुख अतिथि मगरले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउँदै बाहुनवाद र हिन्दुवादले अनेकौ जातजातीमा विभाजन गरेको मूलबासी मंगोलहरु आफ्नो साझा घर मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध हुन आव्हान गर्नुभयो ।
 प्रशिक्षण पश्चात मन बहादुर राना मगरको अध्यक्षतामा ९ सदस्यीय मंगोल नेसनल अर्गनाइजेसन वडा-१ रानागाउँ टोल सभा गठन भएको छ । सदस्यहरुमा क्रमश: भक्त बहादुर राना मगर, जित बहादुर सिन्जाली, शिव राना, माया सिन्जाली, तिल माया राना, रुद्र बहादुर थापा मगर, दिल माया राना र जित बहादुर राना रहनुभएको छ । मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी वडा सभा २ का अध्यक्ष चिज बहादुर गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम जिल्ला सभा तनहुँका सदस्य  याम गुरुङजले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्