बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनँहुमा एम. एन. ओ. भानु नगरसभा पुनर्गठन

mongolvision | 7 मार्च 2022

तनँहुमा एम. एन. ओ. भानु नगरसभा पुनर्गठन


तनँहु/ मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको आयोजनामा भानु नगरपालिका वडा -१, नयाँवस्तिमा मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण साथै नगरसभा पुनर्गठन कार्यक्रम  सम्पन्न भएको छ । 
६ मार्च २०२२को दिन सम्पन्न उक्त कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर मगरको सभाधक्ष्यतामा एवं संगठनका केन्द्रिय सदस्य प्रविना थापा मगरज्युको प्रमुख आतिथ्यततामा सम्पन्न भएको हो। 
कार्यक्रममा विशिष्ट अथितिमा एम. एन. ओ. जिल्ला सभा चितवनका अध्यक्ष टेक बहादुर तामाङ रहनुभएको थियो भने अतिथिमा  शुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रताप राना हुनुहुन्थ्यो ।
कार्यक्रममा अतिथि, विशिष्ट अतिथिले शुभकामना  मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि मगरले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवाद भन्दा माथि उठेर  जातजातिमा विभाजन नभई मुलबासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो । 
कार्यक्रमकै अवसर पारेर भिम बहादुर तामाङको अध्यक्षतामा १२ सदस्यीय सहित मंगोल नेसनल अर्गनाइजेसन भानु नगर सभा पुनर्गठन भएको छ । सदस्यहरुमा क्रमश मिलन तामाङ , शान्ति सुनुवार , सरस्वती वि क, प्रतिमा तामाङ ,बुद्धि बहादुर तामाङ , सुक बहादुर कुमाल, भिम राज तामाङ , पदम गुरुङ , चन्द्र वमजन, सुन्दर तामाङ ,नर बहादुर तामाङ र सुजिना तामाङ हुनुहुन्थ्यो । मंगोल नेशनल अर्गनाइजेशनन जिल्ला सभा तनहुँका सदस्य याम गुरुङज्युले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष ज्ञानि माया मगरले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्