आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँ जिल्लाको आबुखैरेनि गाउँपालिका पुर्ण रुपमा मंगोलमय बन्दै

Mongol Vision News | 14 डिसेम्बर 2019

तनहुँ जिल्लाको आबुखैरेनि गाउँपालिका पुर्ण रुपमा मंगोलमय बन्दै

तनहुँ/ तनहुँ जिल्लाको आबुखैरेनि गाउँपालिका पुर्ण रुपमा मंगोलमय बन्दै ।

       मिति 14 December, 2019 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाका अध्यक्ष कुमारकाजी तमुको सभाध्यक्षता र केन्द्रीय मुलसचिव थम्मन बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा तनहुँ जिल्लाको आबुखैरेनि गाउँ पालिका-०१, भंगेरिमा मुलवासी मंगोलहरुको आवज विभेद रहित समाज सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता, देश विकास, रोजगार र शान्तिको आवश्यकता, मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता मुलनाराका साथ मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण तथा वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।

तनहुँ जिल्लाको आबुखैरेनि गाउँपालिका पुर्ण रुपमा मंगोलमय बन्दै

कार्यक्रममा अतिथिका रुपमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका कार्यवाहक कोषाध्यक्ष ज्ञानिमाया थापा मगर, एमएनओ आबुखैरेनि गाउँपालिका वडा नं.-०४ का अध्यक्ष तुल बहादुर गुरुङ हुनुहुन्थ्यो । यसैगरी कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिज्युहरुले नवगठित पदाधिकारीहरुलाई शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि बुढा मगरले नेपालमा बाहुन क्षेत्रीहरुले मुलवासी मंगोलहरुलाइ मुलवासीबाट सुकुम्बासी बनाएको असली इतिहासलाई लोकसमुदायहरुको सामु प्रस्ट्याउदै मानविअस्तित्व, लोकतन्त्र , धर्मनिरपेक्षतालाई जोड्दै नेपालको विगत र समसामयिक राजनैतिक अवस्थाबारेमा प्रस्ट्याउदै मुलवासी मंगोल रास्ट्रवादसम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो । स्थानीय मुलवासी मंगोल समुदायहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त प्रशिक्षण पश्चात् स्थानीय मंगोलप्रेमी महानुभावकै पहलमा हरि बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय एमएनओ आबुखैरेनी गाउँपालिका -०१ वडा सभा गठन भएको छ । उक्त वडा सभाको सचिवमा देउ बहादुर गुरुङ रहेका छन् । त्यस्तै प्रचार प्रसार सचीवमा दिप बहादुर गुरुङ र अन्य सदस्यहरूमा प्रीति गुरुङ, अनु गुरुङ, अनिता राना, भिम बहादुर आले, मन बहादुर गुरुङ, श्याम कुमार गुरुङ, हिरा बहादुर गुरुङ र शरण गुरुङ चयन भएका छन । उक्त प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाका सल्लाहकार याम बहादुर गुरुङले दिनु भएको थियो भने संगठनका केन्द्रीय सभाका सदस्य प्रबिना थापा मगरले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्