बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको आबुखैरेनी अन्तरगत मझुवा लेस्टरमा मंगोल प्रशिक्षण सम्पन्न

Sushma Ale | 11 डिसेम्बर 2020

तनहुँको आबुखैरेनी अन्तरगत मझुवा लेस्टरमा मंगोल प्रशिक्षण सम्पन्न

मिति 11th December,2020 , शुक्रबारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन,आबुखैरेनि गाउँ सभाका अध्यक्ष कुमार काजी तमु ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य प्रविना थापा मगरज्युको प्रमुख आतिथ्यतामा आबुखैरेनी गा.पा.-०५, मझुवा लेस्टर, तनहुँमा एकदिने मुलवासी प्रशिक्षण कार्यक्रम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
विशिष्ट अथितिहरु मंगोल नेशनल अर्गनाइजेसन, गण्डकी प्रदेश सभाका स-सचिव अनिता थापा मगर र सदस्य भक्त ब गुरुङ हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको जिल्ला अधिबेशनको मुल आयोजक सभाका कोषाध्यक्ष ज्ञानी माया थापा मगर , मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनि गा.पा.-०५, वडा सभाका सदस्य सन्त बहादुर गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिज्युहरुले शुभकामना मन्तव्य राख्नुभएका थिए । प्रशिक्षक थापाज्युले उपस्थित मझुवा लेस्टर वासीहरुलाई मुलवासी मंगोल राष्ट्रवाद र नेपालको असली ईतिहासको बारेमा प्रस्ट पार्दै मानव अस्तित्व र अस्तित्वको महत्वबारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त प्रशिक्षण पश्चात् सान बहादुर गुरुङज्युको सभाधक्ष्यतामा १३ सदस्यीय मंगोल नेशनल अर्गनाइजेसन , मझुवा टोल सभाको गठन भयो ।अन्य सदस्यहरूमा आश बहादुर गुरुङ, बोम बहादुर गुरुङ , सुनिता थापा मगर, चन्द्रकुमारी भुजेल, गङ्गा गुरुङ, रमिला वि.क., बुद्धिमान गुरुङ, मीन बहादुर गुरुङ, सुक बहादुर गुरुङ, मकन बहादुर गुरुङ, राजेन्द्र गुरुङ , अमृत बहादुर गुरुङ हुनुहुन्छ । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेसन,आबुखैरेनि गाउँ सभाका सल्लाहकार याम बहादुर गुरुङज्युले दिनुभएको थियो । मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको जिल्ला अधिबेशनको मुल आयोजक सभाका सचिव सुस्मा आलेज्युले कार्यक्रम संचालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्