शनिबार 11 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको आबुखैरेनिमा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न

Sushma Ale | 17 डिसेम्बर 2020

तनहुँको आबुखैरेनिमा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम  सम्पन्न

मिति 17th December,2020 , बिहीवारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन,आबुखैरेनि गाउँ सभाका अध्यक्ष कुमार काजी तमु ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य प्रविना थापा मगरज्युको प्रमुख आतिथ्यतामा आबुखैरेनी गा.पा.-०५, लाप्दी भोटेशोरा, तनहुँमा एकदिने मुलवासी प्रशिक्षण कार्यक्रम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
विशिष्ट अथितिहरु मंगोल नेशनल अर्गनाइजेसन, गण्डकी प्रदेश सभाका स-सचिव अनिता थापा मगर हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनि गा.पा.-०४, वडा सभाका अध्यक्ष तुल बहादुर गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिज्युहरुले शुभकामना मन्तव्य राख्नुभएका थिए । विशिष्ट अतिथि थापाज्युले हिन्दुवाद र बाहुनवादको पराकाष्ठा गर्दै आउने निर्वाचनहरुमा मंगोल नेशनल अर्गनाइजेसनलाई भाले चिन्हमा मतदान गरेर मुलवासी मंगोलहरुलाइएए जिताउन आह्वान गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियोे । प्रशिक्षक थापाज्युले उपस्थित लाब्दी भोटेस्वाराका मुलवासी मंगोलहरुलाई मुलवासी मंगोल राष्ट्रवाद र नेपालको असली ईतिहासको बारेमा प्रस्ट पार्दै मानव अस्तित्व र राजनितीसम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त प्रशिक्षण पश्चात्त भिम बहादुर गुरुङज्युको सभाधक्ष्यतामा ११ सदस्यीय मंगोल नेशनल अर्गनाइजेसन , आबुखैरेनी वडा-०५ वडा सभाको पुनर्गठन भयो । सचीवमा ज्ञानु गुरुङ हुनुहुन्छ भने अन्य सदस्यहरूमा जित बहादुर गुरुङ, कमल गुरुङ, जीवन गुरुङ, वीर बहादुर गुरुङ, सानू भाइ गुरुङ, सरि माया गुरुङ, कुमार गुरुङ , तुल बहादुर गुरुङ र धन राज गुरुङ हुनुहुन्छ । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेसन,आबुखैरेनी गाउँ सभाका सल्लाहकार याम बहादुर गुरुङज्युले दिनुभएको थियो । मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको जिल्ला अधिबेशन मुल आयोजक सभाका सचिव सुस्मा आलेज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्