आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुको आबुखैरेनी मंगोल राष्ट्रवाद सम्बन्धि

mongolvision | 27 सेप्टेम्बर 2021

तनहुको आबुखैरेनी  मंगोल राष्ट्रवाद सम्बन्धि


तनहु /  मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाको आयोजनामा आबुखैरेनीमा एक दिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार गाउँ सभा  अध्यक्ष बुद्धि गुरुङज्युको सभाधक्ष्यतामा र संगठनका  केन्द्रिय सदस्य प्रेमछिरी शेर्पा ज्युको प्रमुख आतिथ्यततामा आबुखैरेनी वडा न ६  प्युघर गाउँमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको विशिष्ट अथितिमा  गण्डकी प्रदेश सभाका सदस्य भक्त गुरुङ हुनुहुन्थ्यो। अन्य अतिथिहरुमा जिल्ला सभा गोर्खाका सदस्य शेर ब तामाङ,  जिल्ला सभा तनहुँका सदस्य कुमारकाजी तमु, सदस्य याम गुरुङ, सदस्य तुल बहादुर गुरुङ, सदस्य दल ब मगर, सदस्य अमर गुरुङ,  आबुखैरेनी वडा-०२ वडा सभा तनहुँका अध्यक्ष चिज कुमार गुरुङ, वडा -०३ का अध्यक्ष सोम गुरुङ, आबुखैरेनी वडा-०४ वडा सभाका अध्यक्ष रण बहादुर खवास,  आबुखैरेनी वडा-०६का सदस्य भुपाल गुरुङ र आबुखैरेनी वडा-०२ टोल सभाका अध्यक्ष हिमाल गुरुङ हुनुहुन्थ्यो।
कार्यक्रमका प्रशिक्षकज्युले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण प्रचात मीन बहादुर गुरुङज्युको अध्यक्षता ११ सदस्यहरु सहित मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी वडा-०६ प्युघर टोल सभा गठन भयो। सदस्यहरुमा राजु गुरुङ, मिनु गुरुङ, सरिता परियार, दिल कुमारी थापा, सन्तोक गुरुङ, हस्त माया गुरुङ, दुर्गा बहादुर गुरुङ,धन कुमार गुरुङ, कुम्भ सिं गुरुङ र बसन्त गुरुङ हुनुहुन्थ्यो। मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका सदस्य यम गुरुङज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाका सचीव प्रकाश परियारज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

तनहुको आबुखैरेनी  मंगोल राष्ट्रवाद सम्बन्धि

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्