शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको आबुखैरेनिमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै वडा सभा गठन

Mongol Vision News | 24 जून 2019

तनहुँको आबुखैरेनिमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै वडा सभा गठन

तनहुँ/ मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको आबुखैरेनी गाउँसभाको पहलमा बृहत रुपमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण संगै वडा सभाहरु गठन भएको छ ।       

          22 Jun का दिन मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी गाउँसभाका अध्यक्ष कुमार काजी तमु ज्युको सभाध्यक्षतामा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रमको बीच तुल बहादुर गुरुङको अध्यक्षतामा एघार सदस्यीय आबुखैरेनी वडा नम्बर चार गठन भएको छ । जसको सचिवमा राजु गुरुङ, कोषाध्यक्षमा सुकबहादुर गुरुङ, सहसचिवमा मन्जु मगर र प्रचारप्रसार सचिवमा जुठे थापा मगर छन भने अन्य सदस्यहरुमा वृजमान गुरुङ, फुलमाया मगर, लक्ष्मी मगर, फुनमाया थापा मगर, पुर्णिामा परियार र मेनुका भुजेका रहेका छन । कार्यक्रममा प्रमुख अतिथिमा संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभागका सदस्य सोम गुरुङ ज्यु र विशिष्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य प्रबिना थापा मगर ज्यु रहनु भएको थियो । अन्य अतिथिहरुमा एमएनओ गण्डकी प्रदेश सभाका सचिव देवबहादुर थापा मगर र प्रचारप्रसार सचिव अनिता थापा मगर रहनु भएको थियो । प्रमुख अतिथी गुरुङ ज्युले ८०% अहिन्दू मूलवासी मंगोलहरुलाई 523 वर्षदेखी षड्यन्त्र पुर्वक विदेशी 20% हिन्दू आर्य बाहुन क्षेत्रीले कसरी लूटेर शासन गरिरहेको छ भन्ने बिषयमा प्रष्ट पार्नु भएको थियो भने मंगोलको देशमा मंगोललाई नै सासक बनाउने अबको अन्तिम बाटो एमएनओ मात्र रहेको कुरा पनि उहाँले बताउनु भएको थियो ।

 

 

तनहुँको आबुखैरेनिमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण साथै वडा सभा गठन

         त्यैसैगरी 23 Jun का दिन आबुखैरेनी गाउँसभाकै सक्रीयतमा वडा नम्बर दुई एक्लेफाँट वडा सभा गठन भएको छ । कुमार काजी तमु ज्युको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभागका सदस्य सोमबहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न मंगोल राष्ट्रवाद सम्वन्धी एक प्रशिक्षण कार्यक्रमको अवसरमा उक्त वडा सभा गठन भएको थियो । जसको अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमशः तिल कुमारी थापा मगर, धनमाया गुरुङ, खुन्ती माया मगर र विशाल गुरुङ छन । त्यस्तै सदस्यहरुमा अन्जली मगर, अलिशा मगर, फुलमती गुरुङ, गंगादेवी आले मगर, पुर्णिामा मंगोल र अरुण गुरुङ रहेका छ्न । आबुखैरेनी एक्लेफाँटका एक स्थानिय मंगोलप्रेमी एवम् समाजसेवी कमलबहादुर गुरुङ ज्युको स्वागत मन्तव्य संगै शुरूवात भएको कार्यक्रम गण्डकि प्रदेश प्रचारप्रसार सचिव अनिता थापा मगरले सन्चाल गरेकी थिइन भने गण्डकी प्रदेश सभाका सचिव देवबहादुर थापा मगरले नवगठित वडासभाका पदाधिकारीहरुलाई आफ्नो सफल कार्यकाल साथै निडर निर्भिक र इमानदारीता साथ संगठनलाई द्रुत गतीमा अगाडी बढाउन शुभकामना प्रदान गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्