सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको आबुखैरेनीमा मंगोलको प्रशिक्षण

Sushma Ale | 12 सेप्टेम्बर 2021

तनहुँको आबुखैरेनीमा मंगोलको प्रशिक्षण

तनहुँ / तनहुँको आबुखैरेनी गाउँ पालिकाको २ स्थानमा मंगोल नेशनल अर्गनाइजेसनले मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
एम एनओ आबुखैरेनी गाउँ सभाको आयोजनामा शुक्रबार  आबुखैरेनी वडा ६ पुर्लुङमा   मंगोलवाद दर्शन सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आबुखैरेनी गाउँ सभाका अध्यक्ष बुद्धि गुरुङ ज्युको सभाध्यक्षतामा तथा मंगोल नेशनल अर्गनाइजेसनका  केन्द्रिय सदस्य प्रबिना थापा मगर ज्युको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम  सम्पन्न भएको थियो ।  कार्यक्रममा विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका याम गुरुङ हुनुहुन्थ्यो ।अन्य अतिथिहरुमा मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सदस्यहरु  तुल बहादुर गुरुङ ,  अमर गुरुङ र मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी वडा सभा वडा न -०२का अध्यक्ष चिज कुमार गुरुङ हुनुहुन्थ्यो ।
             कार्यक्रमका प्रमुख अतिथी थापा ज्युले मानव अस्तित्वको विषयमा बुझाउनु हुँदै उपस्थित महानुभावरुलाई मुलवासी मंगोलवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नु  भयो। साथै सोहि क्रममा उहाँले  अबको अन्तिम विकल्प मंगोल नेसनल अर्गनाइजेसन बाहेक अरु नरहेको जानकारी गराउनु भएको थियो । उक्त प्रशिक्षण पश्चात् तुल बहादुर गुरुङज्युको अध्यक्ष्ातामा ११ सदस्य सहित मंगोल नेसनल अर्गनाइजेसनआबुखैरेनी वडा न ६ वडा तदर्थ  सभा गठन भयो। जसको सदस्यहरुमा पुर्ण बहादुर गुरुङ, चन्द्र बहादुर भुजेल, याम बहादुर भुजेल, सुर्य माया थापा मगर, मन कुमारी भुजेल,शेर बहादुर गुरुङ, सचिन गुरुङ, राम काजी मगर, कुशल गुरुङ र लोकेन्द्र गुरुङ हुनुहुन्थ्यो । मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँका सदस्य तुल बहादुर गुरुङज् युले स्वागत मन्तव्य राख्नु भएको थियो भने मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाका सचीव प्रकाश परियार ज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।
त्यस्तै भदौ  २६ गते शनिबार   मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी वडा न ३ वाड सभाको आयोजनामा अध्यक्ष सोम गुरुङ ज्युको सभाध्यक्ष र मंगोल नेसनल अर्गनाइजेसन केन्द्रिय सदस्य प्रबिना थापा मगरज्युको प्रमुख आतिथ्यतामा र केन्द्रीय सदस्य बिष्णु मान बिकको बिशेष आतिथ्यता एक दिने मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आबु गाउँमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर, सचिब सुस्मा आले, सदस्य भिम बहादुर थापा मगर, सदस्य कुमारकाजी तमु, सदस्य याम गुरुङ, सदस्य तुल बहादुर गुरुङ, सदस्य अमर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभा तनहुँका अध्यक्ष बुद्धि गुरुङ, कोषाध्यक्ष माया गुरुङ, मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी वडा-०२ वडा सभा तनहुँका अध्यक्ष चिज कुमार गुरुङ, मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी वडा-०४ वडा सभाका अध्यक्ष रण बहादुर खवास र मंगोल नेशनल अर्गनाइजेसन आबुखैरेनी वडा -०४ टोल सभाका सदस्य एलिना विक हुनुहुन्थ्यो ।
कार्यक्रमका प्रमुख थापा मगरले  लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न जातजातिमा विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नुपर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण प्रश्चात नर बहादुर आलेज्युको अध्यक्षता ११ सदस्यहरु सहित मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी वडा-०३ आबु टोल सभा गठन भएको छ । उक्त टोल सभाका सदस्यहरुमा दिपक आले, माधव आले, शर्मिला परियार, मिना विक, रामजी दर्जी, दल बहादुर दर्लामी मगर, रमेश आले, मेख बहादुर सुनारी,सुनिल श्रेष्ठ र दुर्गा विक चयन हुनुभएको थियो । मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी वडा-०२ टोल सभाका अध्यक्ष हिमाल गुरुङ ज्युले स्वागत मन्तव्य राख्नु भएको थियो भने मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी गाउँ सभाका सचीव प्रकाश परियारज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्