सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको आक्लाङमा मंगोल प्रशिक्षण

mongolvision | 10 जनवरी 2022

तनहुँको आक्लाङमा मंगोल प्रशिक्षण


तनहुँ / मंगोल नेशनल अर्गनाइजेशन  तनहुँ जिल्ला सभा अन्तर्गत आबुखैरेनी -४ वडा सभाको आयोजनामा आक्लाङ गाउँमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रम वडा सभाका अध्यक्ष रन बहादुर मगरको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य प्रविना मगर ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरुमा एम. एन. ओ. जिल्ला सभा तनहुँका सदस्य कुमार काजी तमु, याम गुरुङ, तुल बहादुर गुरुङ, आबुखैरेनी गाउँसभा अध्यक्ष बुद्धि बहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रममा उपस्थित लोक समुदायलाई प्रमुख अतिथि प्रविना मगरले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हिन्दुवादको पराकाष्ठालाई प्रकाश पार्दै अबको समय आफ्नो हक र अधिकारको निमित्त जातजातीमा विभाजन नभएर मंगोल भावनाले एक भएर मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुन आव्हान गर्नुभयो । कार्यक्रमकै अवसर पारेर योगे थापा मगरको अध्यक्षतामा ६ सदस्यीय आक्लाङ टोल सभा गठन भएको छ । सदस्यहरुमा विमला आले, अर्बिन मगर, प्रनिशा भुजेल, नर माया भुजेल, प्यारी थापा मगर र पार्वती आले रहनुभएको छ । आबुखैरेनी गाउँ सभाका कोषाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम गाउँसभा सचिव प्रकाश परियारले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्