बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुको ब्यासमा एक दिने प्रशिक्षण

mongolvision | 26 फेब्रुअरी 2022

तनहुको ब्यासमा एक दिने प्रशिक्षण


तहनु/ मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको आयोजना मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
फागुन १४ तदानुसार २६ फेब्रुअरी सनिवार  तनहु  जिल्ला सभाका अध्यक्ष प्रेम ब थापा मगरको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यततामा ब्यास नगर पालिका  वडा न -०५ पाटनमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका प्रचार प्रासर सचीव तथा प्रशिक्षक भिम बहादुर गुरुङ र सदस्य भक्त गुरुङ हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि थापामगरले   उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहासहरुको बारेमा प्रस्ट्याउदै बाहुनवाद र हिन्दुवादको पराकाष्ठा पारी अब यो देशका मुलवासी मंगोल मगर, गुरुङ राई,लिम्बू, दमाई, कामी, सार्की, कोचे, मेचे, थारु, धिमाल आदि विभिन्न समुदायमा  विभाजन नभई मुलवासीहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भइ मानव सरह बाच्नु पर्छ भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षण कार्यक्रममा बिशिस्ट अतिथीदयले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रम कै अवसर पारेर चन्द्र बहादुर गुरुङज्युको अध्यक्षतामा १३ सदस्य मंगोल नेसनल अर्गनाइजेसन व्यास नगर सभा पुनर्गठन गरिएको छ । पुनर्गठन नगर सभाको  सदस्यहरुमा क्रमश श्री माया थापा मगर ,हेम बहादुर थापा मगर, यम बहादुर थापा मगर, केशर आले, रिमा माया थापा, तिला माया थापा मगर, शेर बहादुर थापा, बल बहादुर थापा, सन्त बहादुर नेपाली, इमान सिं आले, बल बहादुर थापा मगर , छलि माया थापा मगर र चन्द्र थापा मगर लगायत रहेका छन  । जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानि माया थापा मगरले स्वागत मन्तव राख्नु भएको कार्यक्रम  सचीव सुस्मा आले मगरले  संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्