बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको भानु नगरपालिका-३ सिम्लेमा मंगोल प्रशिक्षण

mongolvision | 7 अगस्ट 2022

तनहुँको भानु नगरपालिका-३ सिम्लेमा मंगोल प्रशिक्षण

 

तनहुँ/ मंगोल नेसनल अर्गनाइजेसन भानु-३ वडा सभाको आयोजनामा  तनहुँको भानु नगरपालिका -३ स्थित सिम्लेमा मंगोलवाद सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
 ६ अगस्टका दिन सम्पन्न उक्त कार्यक्रम वडा सभा अध्यक्ष नर बहादुर तामाङको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय  सर्वोच्च सभाका सदस्य  रिन्छेन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि संगठनका केन्द्रिय सदस्य प्रविना थापा मगर रहनुभएको थियो भने अथितिहरुमा गण्डकी प्रान्तीय सभाका सदस्य भक्त गुरुङ, जिल्ला सभा लमजुङका अध्यक्ष विकास गुरुङ, तनहुँ जिल्ला अध्यक्ष प्रेम बहादुर थापा मगर, सदस्यहरु जुन बहादुर थापा मगर,यम गुरुङ , सुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रताप राना मगर, भानु नगर सभाका अध्यक्ष भिम बहादुर तामाङ,आबुखैरेनी गाउँ सभाका सचिव प्रकाश परियार, भानु नगर सभाका सचिव चन्द्र बहादुर तामाङ र मंगोल नेसनल अर्गनाइजेसन आबुखैरेनी-४ वडा सभाका अध्यक्ष रण बहादुर खवास रहनुभएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथी रिन्छेन तामाङले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले मानव अस्तित्व र लुकाईएका नेपालको असली ईतिहास, बाहुनवाद र हिन्दुवादको पराकाष्ठाले विभक्त मंगोल समाजको बारेमा बताउदै मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट महामानव ड. गोपाल गुरुङ ज्युले यो देशका ८०% अहिन्दु मुलबासीको निम्ति गर्नु भएको त्याग र संघर्षलाई हामीले अब पनि चिन्न सकेनौ भने हाम्रो भविष्य अन्धकारमय रहने जगजाहेर गर्नुभयो । एम.एन.ओ भानु-३ वडा सभाका सचिव ज्योति तामाङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम तनहुँ जिल्ला सचिव सुस्मा आले मगरले संचालन गर्नु भएको थियोे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्