मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको बरालुङबेसीमा एकदिने मुलवासी विषयक प्रशिक्षण कार्यक्रम प्रशिक्षण कार्यक्रम सम्पन्न

Sushma Ale | 26 डिसेम्बर 2020

तनहुँको बरालुङबेसीमा एकदिने मुलवासी विषयक प्रशिक्षण कार्यक्रम प्रशिक्षण कार्यक्रम सम्पन्न

तनहुँ/मिति 25th December,2020 , शुक्रवारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन,आबुखैरेनि गाउँ सभाका अध्यक्ष कुमार काजी तमु ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य प्रविना थापा मगरज्युको प्रमुख आतिथ्यतामा मुलवासी मंगोलहरुको आवाज विभेदरहित समाज,सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता देश विकास र रोजगार र शान्तिको आवश्यकता , मुलवासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्धता भन्ने मुलनाराका साथ आबुखैरेनी गा.पा.-०५, बरालुङ वेशी, तनहुँमा एकदिने मुलवासी विषयक प्रशिक्षण कार्यक्रम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
विशिष्ट अथितिहरु मंगोल नेशनल अर्गनाइजेसन, गण्डकी प्रदेश सभाका स-सचिव अनिता थापा मगर हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन, जिल्ला सभा तनहुँको जिल्ला अधिबेशन मुल आयोजक सभाका संयोजक प्रेम बहादुर थापा मगर र सदस्य ज्ञानी माया थापा मगर हुनुहुन्थ्यो ।
कार्यक्रममा उपस्थितसम्पुर्णअतिथिज्युहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । भातृत्वको लागी सोच फराकिलो हुनुपर्छ तर हिन्दुवाद र बाहुनवादले सोच अत्यन्तै संकुचित बनाउछ भन्दै मुलवासी मंगोल राष्ट्रवाद बुझ्नुपर्छ भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियोे र विशिष्ट अतिथी गुरुङज्युले मंगोल नेशनल अर्गनाइजेसनको महान उदेश्य लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारको संस्थागत गर्नु हो भनी प्रष्ट पार्नु भयो । प्रशिक्षक थापाज्युले उपस्थित लाब्दी भोटेस्वाराका मुलवासी मंगोलहरुलाई मुलवासी मंगोल राष्ट्रवाद र नेपालको असली ईतिहासको बारेमा प्रस्ट पार्दै मानव अस्तित्व र राजनितीसम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त प्रशिक्षण पश्चात्त कर्ण बहादुर गुरुङज्युको सभाधक्ष्यतामा ९ सदस्यीय मंगोल नेशनल अर्गनाइजेसन , आबुखैरेनी वडा-०५, बरालुङ वेशी टोल सभाको गठन भयो । अन्य सदस्यहरूमा संसार गुरुङ, राम बहादुर भुजेल, राजेश गुरुङ, निर्मल गुरुङ, सोनिका गुरुङ, निश्मा गुरुङ, भक्त बहादुर गुरुङ र रमेश गुरुङ हुनुहुन्छ । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेसन,आबुखैरेनी गाउँ सभाका सल्लाहकार याम बहादुर गुरुङज्युले दिनुभएको थियो । मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको जिल्ला अधिबेशन मुल आयोजक सभाका सचिव सुस्मा आलेज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्