शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको घिरिङ गा.पा-०३ नेवा:पानीमा मंगोल प्रशिक्षण

Anita Thapa magar | 15 सेप्टेम्बर 2019

तनहुँको घिरिङ गा.पा-०३ नेवा:पानीमा मंगोल प्रशिक्षण

मिति 14 ,September,2019 को दिनमा मंगोल नेशनल अर्गनाइजेसन घिरिङ गाउँ सभाका अध्यक्ष भिम थापा मगरको सभाधक्ष्यतामा र केन्द्रिय प्रबिना थापा मगरको प्रमुख आतिथ्यतामा तनहुँ जिल्लाको घिरिङ गाउँ पालिका-०३,नेवा:पानीमा मुलवासी मंगोलहरुको आवाज विभेद रहित समाज सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता , देश विकास, रोजगार र शान्तिको आवश्यकता , मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । विशिस्ट अतिथिका रुपमा मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका पुर्व सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो। अन्य अतिथिहरुमा जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम थापा मगर , कोषाध्यक्ष ज्ञानि माया थापा मगर, सदस्यहरु ऋषिराम थापा मगर हुनुहुन्थ्यो । सम्पुर्ण अतिथिज्युहरुले शुभकामना मन्त्ब्य राख्नु भएको थियो । कार्यक्रमका विशिस्ट अतिथिज्युले घिरिङ गाउँ सभाले आयोजना गरेको कार्यक्रमलाई हौसला दिदै अन्य कार्यक्रमहरुलाइ साथ र सहयोग दिने प्रतिबद्धता गरि कार्यक्रम सफलताको शुभकामना दिनुभयो। त्यसरी नै प्रमुख अतिथिज्युले नेपालमा लुकाइराखेका इतिहास खोतालि मानविय अस्तित्व , नेपालको राजनैतिक अवस्थाबारेमा प्रस्ट्याउदै मुलवासी मंगोल रास्ट्रवादसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

तनहुँको घिरिङ गा.पा-०३ नेवा:पानीमा मंगोल प्रशिक्षण

पर्शु थापा मगरको अध्यक्षतामा २१ सदस्यीय मङ्गोल नेसनल अर्गनाइजेसन घिरिङ गा.पा-०३ वडा सभा गठन भएको छ ।सचिवमा रमेश थापा मगर , कोषाध्यक्षमा नर्मती थापा मगर , स-सचीवमा सुन्दर थापा मगर र प्रचारप्रसार सचीवमा राजु थापा मगर हुनुहुन्थ्यो ।अन्य सदस्यहरूमा फुल माया थापा मगर , गङ्गा थापा मगर , प्रकाश थापा मगर , हर्क बहादुर राना, शिव कुमार राना, भुवन सिं थापा मगर , प्रेम बहादुर राना , बसन बि.क. , सुनिल थापा मगर , बोम बहादुर थापा मगर , रण बहादुर राना , धन बहादुर थापा मगर, जितेन्द्र थापा मगर र सन्जु थापा मगर हुनुहुन्थ्यो । स्वागत मन्तब्य स्थानीय मंगोलप्रेमी बोम बहादुर थापा मगरले दिनु भएको थियो। त्यसै गरि संचालन जिल्ला सभा तनहुँका सचीव शुश्मा आले मगरले गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्