Susma Aale | 1 मार्च 2021
तनहु/ तनहुको घिरिङ गाउँ पालिकाको वाड नम्बर ४ को लोहडाँडा र ५ को कितियामा २७ र २८ फेब्रुअरीमा मंगोल भेला सम्पन्न भएको छ । मंगोल नेशनल अर्गनाइजेशन गाउँ सभा घिरिङका अध्यक्ष भिम बहादुर ठाडा मगर ज्युको सभाधक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो । भेलाको विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर हुनुहुन्थ्यो भने अथितिमा मंगोल नेशनल अर्गनाइजेशन टुवाफल टोल सभाका सदस्य सोमलाल थापा हुनुहुन्थ्यो । विशिष्ट अतिथी थापा ज्युले नेपालका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोलहरुको अस्तित्वको निम्ति लड्ने एक मात्र संगठन मंगोल नेशनल अर्गनाइजेशन हो भन्दै आसन्न चुनावहरुमा मंगोल नेशनल अर्गनाइजेशनको भाले चुनाव चिन्नमा भोट हाल्न आह्वान गर्दै शुभकामना मन्तव्य राख्नु भयो । प्रशिक्षक थापा ज्युले उपस्थित गाउँका मुलवासी मंगोलहरुलाई मुलवासी मंगोल राष्ट्रवाद र नेपालको असली ईतिहासको बारेमा प्रस्ट पार्दै मानव अस्तित्व र राजनिती सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभएको थियो । २७ फेब्रुअरीमा भएको भेला वेल बहादुर थापा ज्युको संयोजकमा ११ सदस्यीय मंगोल नेशनल अर्गनाइजेशन घिरिङ वडा ५, कितिया टोल सभा गठन भयो । जसको सदस्यहरुमा अन बहादुर थापा, जग बहादुर थापा, दिल बहादुर नेपाली, वीर बहादुर नेपाली, मनु माया थापा, खड्क बहादुर नेपाली , हिरा सिं थापा, श्री लाल नेपाली, जुना नेपाली र भुपाल राना हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनजेशन जिल्ला सभा तनहुँका सदस्य भिम बहादुर थापा मगर ज्युले दिनुभएको थियो । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सदस्य सुमित्रा थापा ज्युले कार्यक्रम सञ्चालन गर्नु भएको थियोे ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology