शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको खहरेमा मूलबासी मंगोल प्रशिक्षण सम्पन्न

Sushma Ale | 20 डिसेम्बर 2020

तनहुँको खहरेमा मूलबासी मंगोल प्रशिक्षण सम्पन्न

तनहुँ/मिति 19 december,2020 , सनिवारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन, दोस्रो ऐतिहासिक तनहुँ जिल्ला आधिबेशन मुल आयोजक सभाका संयोजक प्रेम थापा ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य प्रबिना थापा मगरज्युको प्रमुख आतिथ्यतामा भानु ना.पा-०३, खहरेमा मुलवासी मंगोलहरुको आवज विभेद रहित समाज सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता , देश विकास, रोजगार र शान्तिको आवश्यकता, मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता!! भन्ने मुलनाराका साथ एकदिने मुलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
विशिष्ट अथिति मंगोल नेशनल अर्गनाइजेसन, गण्डकी प्रदेश सभाका स सचिव अनिता थापा मगर हुनुहुन्थ्यो । अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन, गण्डकी प्रदेश सभाका प्रचार प्रसार सचिव भिम बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसन, गण्डकी प्रदेश सभाका सदस्य भक्त गुरुङ, मंगोल नेशनल अर्गनाइजेसन, घिरिङ गाउँ सभाका अध्यक्ष भिम थापा, मंगोल नेशनल अर्गनाइजेसन,आबुखैरेनी गाउँ सभाका अध्यक्ष कुमार काजी गुरुङ, मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी गाउँ सभाका सल्लाहकार याम गुरुङ हुनुहुन्थ्यो । सम्पूर्ण अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएका थिए । प्रमुख अतिथी गुरुङज्युले असली इतिहास खोतल्दै मानव अस्तित्व सम्बन्धि उपस्थित समुदायहरुलाई प्रशिक्षण दिनु भयो ।त्यस्तै गरि राजिन थापा मगरको अध्यक्षतामा २५ सदस्यीय मंगोल नेशनल अर्गनाइजेसन ,भानु वडा-०३ वडा सभा गठन भएको छ। क्रमशः सचीव, कोषाध्यक्ष र अन्य सदस्यहरुमा सुनिल गुरुङ, दुर्मति गुरुङ, सुनित गुरुङ, धन कुमारी गुरुङ, राम बहादुर गुरुङ,तेज बहादुर गुरुङ, कुलमान गुरुङ, भुपाल गुरुङ,मन बहादुर गुरुङ, पदम बहादुर राना मगर, निशा गुरुङ,कृष्ण गुरुङ, मिना गुरुङ, दुर्गामान गुरुङ, राम्ना गुरुङ, शुक बहादुर गुरुङ, शेर बहादुर गुरुङ, याम गुरुङ, टक बहादुर थाप मगर, बुद्धिमान प्रधान, सुक्मान परियार, आश बहादुर गुरुङ, तुल कुमार गुरुङ हुनुहुन्छ । दोस्रो एतिहासिक मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको जिल्ला अधिबेशनको मुल आयोजक सभाका कोषाध्यक्ष ज्ञनि थापा मगर ज्युले स्वगत मन्तव्य राख्दै स्वागत गर्नु भएको थियो । मंगोल नेशनल अर्गनाइजेसन, दोस्रो एतिहासिक तनहुँ जिल्ला अधिबेशनका मुल आयोजक सभाका सचिब सुस्मा आलेज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्