आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तनहुँको नियमित बैठक सम्पन्न

Aneeta Thapa Magar | 10 अप्रिल 2021

तनहुँको नियमित बैठक सम्पन्न

तनहुँ/ विविध विषयहरुमाथी छलफल गर्दै मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको नियमित बैठक तनहुँको सदरमुकाममा स्थित जिल्ला सभा तनहुँकै कार्यालयमा आज १० अप्रिल २०२१ मा सम्पन्न भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम थापा मगरको सभाध्यक्षतामा र गण्डकी प्रदेश सभाका सह-सचीव अनिता थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकबाट प्रस्तावित प्रस्तावहरुमध्ये अति महत्वपूर्ण र सान्दर्भिक प्रस्तावहरुमाथी छलफल गरि बहमुतद्वारा निर्णय गरिएका छन् ती मध्य जिल्ला सभा तनहुँले छिटो भन्दा छिटो तनहुँ जिल्लाका गाउँ ठाउँमा मंगोलको कुरा पुर्याउनको लागि पर्चा छापेर घरदैलो अभियान सुरु गर्ने भएको छ । कार्यक्रममा विशिष्ट अतिथी रहनुभएका मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ ज्युले मंगोल मुक्तिको लागि सबै नेता तथा कार्यकर्ताहरु एकाअर्कामा भातृत्वको विकास गरि समन्वय गर्दै अगाडि बढ्ने कुरा जोडि मन्तव्य राख्नुभएको थियो ।

नियमित बैठकका प्रमुख अतिथि ज्युले पनि संगठनको विधि, विधानलाई मध्य नजर गर्दै केन्द्रको नीति र निर्देशनलाई पालना गरि अनुशाशीत भइ मंगोल मुक्तिको पाईला निरन्तर चाल्नुपर्ने बताउँदै तनहुँ जिल्लाले आउने समयमा गर्न गईरहेको कार्यहरुकोलागी अग्रिम शुभकामना दिनुभयो । त्यसैगरि वैदेशिक रोजगारका सिलसिला अफगानिस्तानमा रहनु भएका मंगोल नेशनल अर्गनाइजेशनका शुभचिन्तक तथा पुर्व तनहुँ जिल्ला सदस्य, स्वदेश केही समयको लागि विदामा आउनुहुने प्रताप राना मगर ज्युलाई स्वागत गरिएको थियो र उहाँले जिल्ला सभा तनहुँको गतिविधि अगाडी बढाउनको निमति रु.२०००/- रुपैयाँ सहयोग गर्नुभएको छ । नियमित बैठकमा सम्पुर्णलाई स्वागत गर्दै मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानी माया थापा ज्युले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव सुस्मा आले ज्युले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्